नयाँ शक्तिका खिमलाल देवकोटा नेकपा माओवादी केन्द्रमा प्रवेश,प्रचण्डले गरे स्वागत

काठमाडौं- नयाँ शक्ति छाडेर केही महिनायता स्वतन्त्र रहँदै आएका खिमलाल देवकोटा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार विशेष कार्यक्रम गरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देवकोटालाई पार्टीमा स्वागत गरे ।
देवकोटालाई स्वागत गर्ने क्रममा प्रचण्डले बुद्धिजीवीमा पाइने अवसरवाद एकदम खतरा हुन्छ भन्दै पूर्वसहयात्री भट्टराईप्रति कटाक्ष गरेका छन् ।
‘बाबुरामजी हिँडेको बाटो सही भएन, उहाँको इञ्जिन मात्र हिँड्न खोजेर हुँदैन, डिब्बाको मालसामान छोड्दै एक्लै हिँडेर कहीँ पुगिन्न,’ प्रचण्डले भने ।
कार्यक्रममा देवकोटाले पनि लाज नमानी माओवादीमै फर्किन भट्टराईलाई सुझाव दिए ।