भारतमा लेनिनको शालिक ढालियो , कम्युनिष्ट पार्टीको कार्यालय तोडफोड

काठमाडौं– भारतको त्रिपुरामा सोमबार बीजेपी वर्कर्सले रुसी क्रान्तिका नायक ब्लादिमिर लेनिनको शालिक ढालिदिएका छन् ।
यो दौरान उनीहरुले भारत माताको जयजयाकारको नारा लगाएका थिए । पार्टी महासचिव राम माधवले यस घटनाको फोटो ट्वीट गरे । उता राज्यमा माक्र्सवादी कम्युनिस्ट पार्टी (सीपीएम) का कयैन कार्यालयहरु तोडफोड गरिएका छन् । यो खबरहरु पछि केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले गवर्नर तथागत रोयलाई सरकार नबनुन्जेल सम्म अवस्थामाथि ख्याल राख्न भने ।
साउथ त्रिपुरा डिस्ट्रिक्टको बेलेनिया सबडिवीजनमा लेनिनको मूर्तिलाई डोजर (जेसीबी) लगाएर लडाइएको छ । यहाँ यो मुर्ति पांच वर्ष पहिले राखिएको थियो |
पुलिसले जेसीबी चालकलाई पक्राऊ गरेको जनाएको छ । ऊ मदिराले मात्तिएकोे अवस्थामा थियो । यो घटनालई लिएर वाम पार्टीले असन्तुष्टी व्यक्त गरेको छ ।
बीजेपीले निवार्चनमा विजय प्राप्त गरे पछि राज्यमा सीपीएमका कार्यालय लगायत कयैन स्थानहरुमा तोडफोड भएको छ ।
सीपीएमले यी तोडफोडहरु बीजेपी र उसको सहयोगी आईपीएफटीका कार्यकर्ताहरुले गरेको आरोप लगाएको छ । सो पार्टीले सीपीएमको कार्यकर्ताहरुका घरहरु पनि नीशाना बनाइएको जनाएको छ ।
बीजेपीले भने यो सीपीएमको विरुद्धमा मानिसहरुको असन्तोेष भएको उल्लेख गरेको छ ।