हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

अमेरिकामा नेपालीले सोध्ने प्रश्नहरु र वास्तविकता

काठमाडौँ — आलेखको शुरुमै प्रष्ट होस् कि यो मेरो नितान्त व्यक्तिगत अनुभव हो, यसमा मैले कसैलाई दोषारोपण गर्न खोजेको छैन । मेरो हालसम्मको अनुभवमा अमेरिकामा कुनै अपरिचित नेपालीलाई पहिलो पटक भेट्दा प्राय उसले तीनवटा प्रश्नहरु सोध्छन्, पहिलो, कसरी आएको ?, दोश्रो, दिनको कति घण्टा काम गर्ने अर्थात कति कमाउने र तेश्रो, काठमाडौँमा घर बनायो? प्रश्न हुबहु यस्तै नहोला तर लगभग मिल्दोजुल्दो हुन्छ ।

मलाई लाग्छ यी तीन वटै प्रश्न अत्यन्तै निजी हुन्छन् र जसलाई पायो त्यसलाई कसैले पनि जवाफ दिंदैन र दिनुको कुनै औचित्य पनि छैन । मेरो बिचारमा कसैलाई यस्ता प्रश्न सोध्नु भनेको उसको दृष्टिमा गिर्नु मात्र हो । मैले यो प्रसंग उठाउनुको मतलव हामी नेपालीहरु बाहिर जति बढि फुर्ति लगाएपनि अधिकांश बौद्धिक रुपमा अत्यन्तै दलिद्र छौं भन्ने नै हो ।

यस्तै मानसिक दरिद्रताको दुईवटा अनुभव यहाँ प्रस्तुत गर्दै छु, पहिलो, अमेरिकी सरकारले धेरै अपराध हुने कारणले सबैभन्दा असुरक्षित तोकेको ४० वटा स्थान मध्य दोश्रो नम्बरमा पर्ने मासाचुसेट राज्यको लरेन्स नामक शहरमा एउटा नेपालीको सामान्य किराना पसल छ । उसको पसलमा काम गर्ने भनेको बैधानिक कागज नभएका नेपालीहरुले हो, राम्रो व्यबस्था भएका नेपाली नै भए पनि त्यस्तो ठाउँमा कोही काम गर्न जाँदैनन् किनकी कुन बेला लुटिने हो र कसले गोली ठोकेर मारिदिने हो चौबिसै घण्टा डर भइरहन्छ । त्यो पसल नै दुइ पटक लुटिइ सकेको छ । त्यो पसल सञ्चालन गर्ने व्यक्ति आफुलाई निकै शिक्षित र बौद्धिक ठान्छ । एक पटक कुरै कुरामा मैले तिम्रो पसलमा कुनै प्रख्यात विश्वविद्यालयबाट अध्ययन गरेको मान्छे काम गर्ने होइन भनेर भनेको उसले मलाई राम्रो ठान्दैन, तर कसले के ठान्छ त्यो मेरो समस्या भएन ।

दोश्रो, अर्को एउटा ब्यक्ति छ, नेपालमा बैदेशिक रोजगारीमा ठगी मुद्दामा सर्बोच्च अदालतले साढे दुइ बर्ष कैद र पाँच लाख जरिवाना तोकेको तर प्रहरीले पक्राउ नगर्दै यता आउन सफल उसलाई अब मलाई कसैले केहि गर्न सक्दैन भन्ने ठुलो अहम् छ । अदालतले सजाय तोकेको व्यक्तिको कसरी प्रहरी आचरण प्रमाणपत्र बन्यो त्यो नै खोजीको बिषय रहेकोमा कानुनको हात कति लामो हुन्छ र के के हुन सक्छ, के के हुन सक्दैन त्यो एउटा राम्रो वकिललाई सोध्दा थाहा हुन्छ । दिनभरि फेसबुकमा बिभिन्न महिलाहरुको फोटो हेर्नु र कसको कोसँग अनैतिक सम्बन्ध छ भनेर मन गडन्ते हल्ला फैलाउनु उसको दिनचर्या हो, यस्तै अरुले उसको घरको महिलाको बारेमा हल्ला फैलायो भने के होला ?

केहि अपवादलाई छोडेर यतैको विश्वविद्यालयबाट अध्यन नगरेका नेपालीहरुले काम गर्ने भनेको अधिकांशले पेट्रोल पम्प (ग्यास स्टेसन) वा रेस्टुरेण्टमा हो । भाषाको समस्याको कारणले भारतीय मुलका ब्यापारीहरुकोमा काम गर्ने भएपनि म त खैरे अर्थात् अमेरिकी नागरिकको कम्पनीमा काम गर्छु भन्नुको औचित्य के हो? अमेरिकी नागरिकले कामदारलाई बढि तलब दिने त होइन । त्यस्तै सेतो छाला भएको जस्तो व्यक्ति पनि नेपालीको दृष्टिमा “सर” हो तर कालो छाला भयो भने ती कि त अपराधी हो (अफ्रिकी मुलका) कि त धोती (भारतीय मुलका) । त्यस्तै जो जुन राज्यमा र जुन स्थानमा बसोबास गरेको छ उसले यो स्थान र राज्य मात्र अमेरिका भरिको महँगो ठाउँ हो भनेको हुन्छ, अव महँगो होस् वा सस्तो त्यो ठाउँमा बसोबास गर्ने बित्तिकै मान्छेको बौद्धिक र सामाजिक हैसियत ह्वातै बढ्छ जस्तो मलाई लाग्दैन । तर म महँगो ठाउँमा बस्ने भएकोले म पहिले भन्दा निकै धनी भइसकेको छु भनेर अप्रत्यक्ष रुपमा जानकारी दिन खोजेको भन्ने मेरो बुझाइ छ, अब यो ठाउँ महँगो र यो ठाउँ सस्तो भनेर कसले तोक्ने हो र त्यो कुन स्थानमा गएर जानकारी प्राप्त गर्न सकिन्छ त्यो कुरा पंक्तिकारलाई थाहा भएन ।

नेपालीहरुको अर्को समस्या भनेको म फलानो पार्टीको र तँ ढिस्कानो पार्टीको भनेर आफुलाई परिचय गर्न रुचाउने तर उपलब्धिमुलक काम नगर्ने, कोही भने यहाँको सत्यता स्वीकार नगर्ने र म नेपालमा यस्तो थिएँ वा उस्तो थिएँ भनेर बकम्फुसे कुरा गरेर दिन काट्ने र साथीभाईहरुसँग सरसापट गरेर दिन बिताउने, यसरी पनि जीवन चल्दो रहेछ । अर्को थरी श्रीमतीलाई बेबीसिटर (सुसारे), नेल आर्टिस्ट (नङ घोट्ने काम), थ्रेडिङ (भुत्ला थुत्ने काम), हाउस किपिङ्ग (अरुको घरमा चुलाकोठा सफा गर्ने) इत्यादि काममा पठाएर आफू टाईसुटमा ठाँटिएर एनआरएन तथा अरु संघ संगठन को गतिबिधि फेसबुकभरि बाँडेर दिन बिताउँछन् । कोहि हप्ताको ६ दिन ‘अपान वायु’ फुत्किने गरी रेष्टुराँमा चाङ प्लेट उठाएर, कोही हप्ताको ६ दिन दैनिक १२ घण्टा फिलोमा पसिना आउने गरी गाडी कुदाएर, कोही हप्ताको ७० घण्टा तिघ्रा थर्थरी कामुन्जेल उभिएर सेक्युरिटी गार्ड बन्दै, कोही ग्रोसेरी स्टोर वा पेट्रोल पम्पमा घुँडाको छाला जानेगरी सोडा, चिप्स मिलाएर, कोही धेरै जना मिलेर रेष्टुरेष्ट खोलेर मालिक हुँ भन्ने आत्मरती लिँदै, कोही घरजग्गा जागिर अपार्टमेन्टको दलाली गर्दै, कोही ढाड कटक्क हुन्जेल एउटा सफ्टवेयरमा डाटा हाल्ने काम गरेर आफूलाई कम्प्युटर इन्जिनियर मान्दै, कोही ४२ दिन सीएनए पढेर म नर्स हुँ भन्दै, कोही फर्म भर्ने काम गरेर म वकिल हुँ भन्दै, कोही अनलाइन ब्लग चलाएर म पत्रकार हुँ भन्दै, कोही दुईटा गीत गाएर म कलाकार हुँ भन्दै नेपालमा भएका जोरीपारीलाई फेसबुकमार्फत कनिकुथी सान देखाउने र त्यो कुरा नेपालमा भएका जोरीपारीले पनि विश्वास गर्दिनले उनीहरुको कुरा सधै एक हात माथि हुन्छ । कोहि भने डेराबाट काममा जाने बेलासम्म किसिम किसिमका फोटो खिचेर फेसबुकमा अपलोड गर्ने र आफुलाई निकै खुशी भएको अभिनय गर्नेहरु पनि प्रशस्तै पाइन्छन् ।

यहाँ कामको लागि जुन ठाउँमा अन्तर्वार्ता दिंदा पनि पहिलो प्रश्न भनेको, “तपाईं आफुलाई पाँच बर्षमा कहाँ देख्न चाहनु हुन्छ?” अर्थात् आफुलाई कतिको परिष्कृत गर्दै “अपडेट” र “अपग्रेड” गर्न सक्नुहुन्छ ? भन्ने हुन्छ । मलाई लाग्छ अमेरिका वा कुनै प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गरेर “ह्वाइट कलर जब” गर्ने बाहेक धेरैलाई यो प्रश्नको जवाफ थाहा हुँदैन वा यस्तो प्रश्न पनि आउँछ भन्ने ज्ञान नै हुँदैन । यो प्रसंगमा पंक्तिकार पनि अपवाद होइन र हाल पंक्तिकार पनि “ग्रे कलर जब” गरेर नै आफुलाई स्थायित्व दिने प्रयास गर्दैछ ।

यि माथिका प्रसंगले धेरैलाई आफैलाई जस्तो लागेर “अमेरिकामा जे काम गरे पनि उही हो” भन्ने लंगडो तर्क दिनेछन् । तर संसारको जुन ठाउँमा पनि हरेक व्यक्तिको जति योग्यता र क्षमता छ त्यसैको आधारमा उसको हैसियत निर्धारण हुन्छ अर्थात् हरेक समाजमा “हाइर्‍यर्की” हुन्छ । सत्य पचाउन सक्नेलाई यो सबै सत्य नै लाग्नेछ र जसले सत्य पचाउन सक्दैन र कल्पनामा डुबेर बास्तबिकता स्वीकार गर्न सक्दैन त्यो उसको व्यक्तिगत समस्या हो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution