हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

यो हो फेसबुकबाट पैसा कमाउने तरिका ….

 

हामी सबैले युट्युबबाट पैसा कमाई हुन्छ भन्ने कुरा त सुनिरहेकै विषय हो। आजभोलि फेसबुकबाट पनि पैसा कमाई हुन्छ भन्ने हल्ला ब्यापक बन्दै गएको छ। त्यसको सत्यता के हो र कसरी गर्न सकिन्छ हेरौं।

फेसबुक विश्वकै नम्बर एक सामाजिक सञ्जाल हो।यसमा करिब १.३ विलियन प्रयोगकर्ताहरु विश्वभरबाट जोडिएका छन्। प्राय यसका प्रयोगकर्ताहरुले दिनमा एक पटक फेसबुक खोलेकै हुन्छन्। त्यसैले आफ्नो व्यापार व्यसाय र उत्पादनको बारेमा विश्वलाई जानकारी दिन फेसबुक सजिलो माध्यम बनेको छ।

साना होस् वा ठूला सबै खाले व्यवसायहरुले आजभोलि फेसबुकमा आफ्ना उत्पादनको विज्ञापन गरि प्रचार प्रसार गरिरहेका हुन्छन्। फेसबुकमा तपाईँ हामीले लाइक नगेरको पेजबाट स्पोन्सर भनेर देखिने पोस्टहरू नै विज्ञापन हुन्। जुन फेसबुकलाई पैसा तिरेपछि मात्र त्यसरी देखिन्छन्। यहीनै फेसबुकको मुख्य आम्दानीको श्रोत हो।

फेसबुकले सिधै दिनभरमा यति घण्टा फेसबुक चलाएको भनेर पैसा बाँड्दैन।

यदी तपाईँ फेसबुकको अडियन्स नेटवर्कमा सहकभागी भई काम गर्नुहुन्छ भने सिधै फेसबुकलेनै यसका विज्ञापनदाताबाट आएको पैसाको केही प्रतिशत  पैसा दिन्छ।

कसरी सहभागि हुने फेसबुकको अडियन्स नेटवर्कमा?

फेसबुको अडियनस नेटवर्कमा सहभागि हुन फेसबुक रिलेटेड प्रोडक्ट बनाउनुपर्छ जस्तै मोबाइल एप वा इन्स्टेन्ट आर्टिकल। मोबाईल एप्स बनाएर त्यसमा फेसबुकमा गरिएका विज्ञापन आफ्नो मोबाइल एपमा देखिने बनाएर पैसा कमाउन सकिन्छ यसको लागि मोबाइल एप्स बनाउने ज्ञान र बनाउने एप्समा नयाँ नौलो कुरा हुनुपर्छ ताकी सबैले उक्त एस्स डाउनलोड गरि हरेक दिन चलाउन्।

यस्तै गरि इन्स्टेन्ट आर्टिकल मार्फत पनि फेसबुकबाट  पैसा कमाउन सकिन्छ। इन्स्टेन्ट आर्टिकल भनेको समाचारका लिंकहरू फेसबुकमा छिटो खुल्ने बनाउनु हो।

जस्तै फेसबुकको मोबाइल एप्सबाट कुनै समाचारका लिंक खोल्दा अन्य साइटहरु भन्दा छिटो खुल्छन् र फेसबुकमा जस्तै त्यहाँ पनि स्पोन्सर भनेर विज्ञापन आउँछन्। तपाईँसँग कुनै विषयमा लेखन सम्बन्धी ज्ञान छ वा समाचार लेखेर पनि इन्स्टेन्ट आर्टिकल बनाउन सक्नुहुन्छ। यो सजिलो पनि छ। यसको लागि एउटा व्लग वा वेबसाइट र फेसबुक पेज बनाउनुपर्छ।

ब्लग बनाउने तरिकाः

यदि आफ्नै वेबसाइट छ भने व्लग बनाउनु पर्दैन। ब्लगर डटकम (www.blogger.com) मा गएर आफ्नो ब्लग अकाउन्ट बनाउनुहोस् यो निशुल्क छ। यो गुगलकै उत्पादन भएको हुँदा जिमेल आइडिको प्रयोग गरि लगइन गर्न पनि सकिन्छ।  ब्लग बनाउँदा व्लगको टाइटल ,  व्लगको एड्रेस र टेम्प्लेट छान्नुपर्छ।

फेसबुक पेज बनाउने तरिकाः

फेसबुकको पेज अप्सनमा गएर क्रिएट पेजमा क्लिक गरि मागिएका विवरणहरू भर्दै गए फेसबुकमा पेज बनाउन सकिन्छ। फेसबुकमा पेज बनाउन वा व्लगरमा आफ्नो ब्लग बनाउँदा कुनै समस्या लागेमा युट्युबको सहायता लिन सकिन्छ।

युट्युबमा गएर हाउ टु क्रिएट फेसबुक पेज, हाउटु क्रिएट व्लग अन व्लगर जस्ता किवर्ड सर्च गरेर देखिने भिडियो गाइडहरुलाई पछ्याउदै पनि व्लग र फेसबुक पेज बनाउन सकिन्छ।

यसरी व्लग र फेसबुक पेज बनाइसकेपछि आफ्नो व्लग वा वेबसाइटलाई इन्स्टेन्ट आर्टिकल बनाउनुपर्छ।

व्लगलाई इन्स्टेन्ट आर्टिकल कसरी बनाउनेः

https://instantarticles.fb.com मा गइ साइनअप गर्नुपर्छ। त्यसपछि आफूले बनाएको फेसबुक पेजलाई सेलेक्ट गरि एक्सेस इन्स्टेन्ट आर्टिकल टुलमा क्लिलिक गर्नुपर्छ।

अब फेसबुकको पब्लिसिङ टुल खुल्ने छ त्यहाँबाट आफूले बनाएको व्लगलाई कनेक्ट गर्नुपर्छ। त्यहाँ कनेक्ट योर साइट भन्ने मा क्लिक गरेपछि कालो बाकस भित्र एङगल ब्राकेट भित्र कोड देखिन्छ त्यसलाई कपि गर्नुहोस् र व्लगर डटमकामा गई थेम मा क्लिक गर्नुहोस्।

अनि इडिट एचटिएमएलमा किलिक गर्नुहोस्। त्यहाँ धेरै कोडहरु देखिन्छ अब फाइन्ड अप्सनको प्रयोग गरि </head>लाई भेटाउनुहोस र त्यो भन्दा मथिल्लो लाइनमा अघि कपि गरेको कोड पेस्ट गरि सेभ थेममा क्लिक गर्नुहोस्।

अब फेरि फेसबुकमा आएर युआरएलमा आफ्नो व्लगको एड्रेस लेखी क्लाइम युआरएलमा क्लिक गर्नुहोस्। त्यो भन्दा थोरै मुनितिर स्टाइल भन्ने अप्सन हुन्छ त्यहाँ गए आफ्नो ब्लगको लोगो अपलोड गर्नुपर्छ। त्यसपछि आफ्नो व्लग वा वेबसाइटको फिड युआरएल राखि १० वटा भन्दा बढी समाचार वा लेखहरु पोस्ट गरिसकेपछि फेसबुकलाई भेरीफिकेसन गर्न पठाउन सकिन्छ।

फेसबुकबाट आफ्नो इन्स्टेन्ट आर्टिकल एप्रुभ भएर आएपछि आफूले पैसा कसरी प्राप्त गर्ने हो त्यो विवरण पेआउट अप्सनमा खाख्नुपर्छ। नेपालमा भएको बैंक खातामा पनि पैसा रिसिभ गर्न सकिन्छ। पेआउट अकाउन्ट बनाउँदा तपाँइको पान नम्बर वा ट्याक्स नम्बर भर्नुपर्ने हुन्छ यदी छैन भने नागरिकता नम्बर वा पासर्पोट नम्बर पनि राख्न सकिने फेसबुकमै कार्यतर एक कर्मचारीले आफ्नो व्लगमा लेखेका छन्।

आफ्नो इन्स्टेन्ट आर्टिकलमा विज्ञापन देखिने बनाउन एडप्लेसमेन्ट बनाउनु पर्छ उक्त कोड आफ्नो वेबसाइटमा राखेपछि इम्प्रेसन र क्लिकको आधारमा आफ्नो खातामा पैसा जम्मा हुँदै जान्छ।

१०० अमेरीकी डलर पुगेपछि फेसबुकले उक्त पैसा तपाईँको बैंक खातामा स्विफ्ट सिस्टमबाट जम्मा गरिदिन्छ।

४० हजार लाइक भएको फेसबुक पेजबाट एक अनलाईन सञ्चार माध्यम सञ्चालकले मासिक १०० देखि १५० डर सम्म आम्दानि हुने गरेको प्रमाणसहित दाबि गरेका छन्।

इन्स्टेन्ट आर्टिकल सेटअप गर्ने तरिका आधार एउटै भए पनि वेबसाइट बनाउन प्रयोग भएको कन्टेन्ट मेनेजमेन्ट सिस्टम अनुसार फरक हुने हुँदा अफूले प्रयोग गरेको सि.एम.एस. मा कसरि सेटअप गर्ने भनेर गुगल वा युट्यूवमा हेर्न सकिन्छ।

पैसा कमाउने सबै तरिका यहि भएपनि भर्खरै केहि समय अघि फेसबुकले Setting हल्का परिवर्तन गरेको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution