अस्कर अवार्डका १३ विधामा अवार्ड हात पार्न सफल ‘द सेप अफ वाटर’मा कथा के छ?

पहिचानको लडाइँ एउटा विश्वव्यापी विषय बन्दै गएको छ। मेक्सिकादेखि भारतको उत्तरपूर्वी राज्य गोर्खाल्यान्डकै सबै पहिचानसँग जोडिएका विषय हुन्।
यही सन्दर्भमा निर्माण भएको गिएर्मो डेल टोरी निर्देशित ‘द सेप अफ वाटर’ यो वर्ष अस्कर अवार्डका १३ विधामा मनोनित भएको थियो। सोमबार भएको अवार्ड वितरणमा द सेप अफ वाटरले वेस्ट फिल्मसहित चारवटा अवार्ड हात पार्न सफल रह्यो।
जसले यो फिल्म हेरेका छैनन् उनीहरुको मनमा लाग्न सक्छ आखिर अस्करको वेस्ट फिल्ममा के कथा छ ?
‘द सेप अफ वाटर’को कथा सन् १९६० को दशकको हो। यो त्यतिबेला थियो जतिबेला सोभियत संघ र अमेरिकाबीच शीत युद्ध चलिरहेको थियो। फिल्मको मुख्य पात्र एलिसा (साल्ली हकिन्स) बोल्न नसक्ने हुन्छिन्। उनी बाल्टिमोरको एक खुफिया हाई सिक्योरिटी ल्याबमा सफाई गर्ने काम गर्छिन्। यो ल्याबमा एलिसाको साथ ओक्टेभिया स्पेन्सर पनि सँगै काम गर्छिन्। जेल्डाबाहेक एलिसाले छिमेकमा रहेका कलाकार जाइल्स (रिचर्ड जेनकिन्स) चिन्छिन्। यी दुई जना एलिसाका आफ्ना मान्छे हुन्।
यी व्यक्तिका अतितका कहानीका झलक फिल्ममा देख्न सकिन्छ। एलिसा काम गर्ने ल्याबमा एक वैज्ञानिक डाक्टर रोबर्ट (माइकल स्टूलबर्ग) हुन्छन्। वास्तवमा डाक्टर रोबर्ट रुसी जासुस हुन्छन्।
फिल्मको पाँचौं तथा सबैभन्दा महत्वपूर्ण बाँकी चारभन्दा विल्कुल अलग छ। यो पाचौं पात्र ल्याबको एक ट्यांकमा रहने जलीय जीव हो। यसको भूमिका डग जोन्सले निर्वाह गरेका छन्।
यो जलीय जीव मानवीय समवेदना तथा मानव जीवनलाई बुझ्न सक्छ। फिल्ममा एक सम्वाद छ त्यसलाई एलिसा संकेतबाट भन्न भन्छिन्, ‘जब उसले मलाई देख्छ, जुन तरिकाले उसले मलाई हेर्छ त्यतिबेला उसले जान्दैन कि ममा के कमी छ। म कसरी अपूरो छु। उ मलाई त्यसरी नै हेर्छ म जस्ती छु।’
एक दिन यो जलीय जीवलाई एक आर्मी अफिसर (माइकल शेनन) ले पक्डेर बन्दी बनाइदिन्छ। फिल्ममा देखाएअनुसार त्यो जीव नदीको किनारमा बस्ने एउटा देव हो। यो जीवलाई ल्याबमा यातना दिइन्छ। यो जलीय जीवसँग एलिसा निकटता बढ्छ र फिल्मको कहानी अघि बढ्छ।
एलिसा फिल्ममा यो जलीय जीवलाई बचाउने कोसिस गर्छिन्। त्यसका लागि उनले यो जीवलाई बाथटबमा लुकाउँछिन् त कहिले अन्त कतै।