तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्नियाद्वारा ब्रेन स्ट्रोक तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

याम्बु , फागुन २० । तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्निया, अमेरिकाले ब्रेन स्ट्रोक तथा मिर्गौला पीडित तीन जनालाई आर्थिक सहयोग गरेको छ |
सोसाइटीले ब्रेन स्ट्रोकबाट पीडित चलचित्र निर्देशक दिलबहादुर दोङलाई एक लाख १० हजार रुपैयाँ, मिर्गौला रोगीद्वय उमेश दोङलाई एक लाख र दुर्ग दोङलाई ३९ हजार रुपैयाँ सहयोग गरेको हो । नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले र सोसाइटीका द्वितीय उपाध्यक्ष प्रेम थोकरले आइतबार घेदुङ केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।
सोसाइटीका उपाध्यक्ष थोकरले संस्थाको स्थापनासँगै नेपालमा विभिन्न रोगबाट पीडितको उपचार तथा अन्य विभिन्न सामाजिक कार्यका लागि आर्थिक सहयोग गर्दै आएको जानकारी दिए । संस्थाका पदाधिकारी, सदस्य तथा विभिन्न सहयोगीबाट संकलन गरिएको रकमबाट पीडितको उपचारमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
घेदुङका अध्यक्ष गोलेले सहयोगका लागि सोसाइटीलाई धन्यवाद दिए । आर्थिक अभावका कारण उपचार गराउन नसकेका उदाहरण प्रस्तुत गर्दै उनले विपद् व्यवस्थापन कोष स्थापनाका लागि पहल भइरहेको बताए ।
आर्थिक सहयोग गर्नु भएका महानुभावहरुको नामवली यस प्रकार रहेका छन्
१. पार्वती लामा १०१।–
२. रेनु योञ्जन १०१।–
३. रत्तु लामा १०१।–
४. शेर लामा १०१।–
५. प्रेम लामा १०१।–
६.देव लामा ९०।–
७. गोभिन लामा १०५।–
८. कुमार दोङ र तिर्थ दोङ २५१।–
९.प्रकाश लामा २०।–
१०. शुकदेव तामाङ १०१ ।–
११. सूर्य मोक्तान २५।–
१२. बेन लामा २५।–
१३. ग्याल्पो योञ्जन ५०।–
१४.श्रद्धा मोक्तान ५१।–
१५.मुस्कान वाइबा ५०।–
१६. कमला बम्जन ५०।–
१७. बिमा तामाङ १००।–
१८. हरि कार्की ४१।–
१९.तामाङ कोअपरेशन सोसाइटी अफ क्यालिफोर्निय १०००।–
जम्मा ः २४६४।– डलर
– जगत मान लामा दोङ