हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

प्रधानमन्त्री वली समक्ष पाकिस्तानमा अलपत्र परेको भाइलाई उद्धार गर्न चिठी

काठमाडौं- बैतडी हटैराज–२ गुर्केलीका रणबहादुर चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै पाकिस्तानमा अलपत्र परेका आफ्नो भाइ (नरेन्द्रबहादुर चन्द) र उनको परिवारको उद्धार गरी नेपाल ल्याईदिन अनुनयविनय गरेका छन्। पाकिस्तानको प्रधानमन्त्री शाहिद खाकान अब्बासीको सोमबारबाट सुरु हुने दुई दिने नेपाल भ्रमणका बेला आफ्नो भाइको समस्या राखिदिन पनि उनले प्रधानमन्त्रीसँग अनुरोध गरेका छन्।

‘मेरो भाई पाकिस्तानको बलुचिस्तान स्थित शरणार्थी शिविरमा बसेको र निजको श्रीमतिको विवाह दर्ता र छोरा छोरीको जन्मदर्ता समेत नभएको हुँदा नेपाल ल्याउनको लागि उच्चस्तरीय पहल भएमा मात्र सम्भव हुने पाकिस्तानस्थित नेपाली दूतवासले बताउँदै आएको छ,’ रणबहादुरले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ, ‘आउँदो सोमबार पाकिस्तानका प्रधानमन्त्रीज्यू नेपाल भ्रमणमा आउनुहुने भएकोले सोही अवसरमा मेरो भाईको लागि नेपालका सम्माननीय प्रधानमन्त्रीज्यूले भाइ लगायत स–परिवार स्वदेश फिर्ति गराउने वातावरण मिलाईदिन हुन भनि याचना गर्दछु।’

रणबहादुरका भाइ नरेन्द्र पाकितानको क्वेटा जेलबाट गत पुस २९ गते रिहा भएका हुन्। लामो समयदेखि गैरकानुनी रुपमा पाकिस्तानमा बसेको भएपनि उनी कुनै आपराधिक क्रियाकलापमा संलग्न नभएको भन्दै स्थानीय अदालतले उनलाई पुसमा रिहा गर्ने आदेश दिएको थियो।

नरेन्द्र १३/१४ वर्षको हुँदा २०४६ सालमा भागेर भारत पुगेका थिए। त्यसपछि उनी परिवारसँग सम्पर्क विहिन बनेका थिए । त्यसैवर्ष उनी एकजना पाकिस्तानीको साथ लागेर पाकिस्तान पुगेका थिए । सुरुमा पाकिस्तानको कराचीमा बसेका उनी केही वर्षपछि बलुचिस्तान पुगेका थिए । त्यहाँ उनले मुस्लीम धर्म अँगालेर अफगानीस्तानको शरणार्थी युवतीसँग विवाह गरेका थिए । उनको एक छोरा र एक छोरी रहेका छन् ।

हराएको २७ वर्षपछि २०७३ कात्तिक ११ गते नरेन्द्र नेपालमा रहेका आफ्नो परिवारको सम्पर्कमा आएका थिए। सामाजिक सञ्जाल मार्फत उनी बिभिन्न व्यक्तिहरुको सहयोगमा परिवारको सम्पर्कमा आएका थिए । परिवारको सम्पर्कमा आएको महिना दिन बित्न नपाउँदै २०७३ मंसिर ८ गते उनलाई स्थानीय प्रहरीले पक्राउ गरेको थियो। उनीसँग राहदानी तथा भिसा नभएपछि पाकिस्तानको प्रहरीले उनलाई क्वेटा जेलमा राखेको थियो।

पक्राउ परेको ८ महिनापछि मात्र नरेन्द्र पुनः परिवारको सम्पर्कमा आएका थिए। पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावासले खोजी गरी नरेन्द्र क्वेटा जेलमा रहेको पत्ता लगाएको थियो। त्यसपछि उनलाई अदालतमा पेश गरिएको थियो। पुस २९ गतेको अदालतको आदेशबाट जेलमुक्त भएका नरेन्द्र त्यसपछि शरणार्थी शिविरमा आफ्नो परिवारसँग बस्दै आएका छन् । यसैबीचमा पाकिस्तानको प्रधानमन्त्री नेपाल आउन लागेपछि उनको दाई रणबहादुरले प्रधानमन्त्री ओलीलाई पत्रलेखि भाइ र उसको परिवारलाई नेपाल फर्काउने पहल गरिदिनको लागि याचना गरेका हुन्।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution