इजरायलमा नेपाल आइडल टिम सहित नेपाली नयाँ बर्ष २०७५ भव्यताको साथ मनाउने तिब्र तयारी

तेलअविव| गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको मुख्य आयोजनामा इजरायलमा नेपाली नयाँ बर्ष सांगीतिक साझ २०७५ आयोजना गर्ने भएको छ |
यहि आउने अप्रिल १३ शुक्रबार नेपाली नयां वर्षमा आयोजना गर्ने विशेष कार्यक्रममा नेपाल आइडलका मुख्य तीन कलाकार नेपाल आइडल बुद्ध लामा, दोश्रो निशान भट्टराई र तेश्रो प्रताप दासका साथमा कार्यक्रम संचालक सुशील नेपाल इजरायल आउने तय भैसकेको जानकारि दिएको छ | साथै स्थानिय नेपाली कलाकार हरुको जोड्दार प्रस्तुति रहने जनाएको छ |
इजरायलमा रहेका नेपालीहरुका लागी पर्ने आपतकालीन आस्थामा प्रयोगार्थ कोष वृद्धिका लागी उक्त कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले बताएको छ । कार्यक्रमलाई सफल बनाउन इजरायलमा रहेका सबै सामाजिक मिडिया लगायत इजरायलमा बस्ने नेपालीहरुलाई सहयोगका लागि अपिल गरेका छन् ।