श्रीदेवीको मृत्यु अघिको गतिविधिबारे श्रीमान बोनी कपुरले मुख खोले

बलिउडकी महिला सुपरस्टार श्रीदेवीको मृत्यु भएको एक हप्ता बितिसकेको छ | दुबई पुलिसले यस घटनालाई दुर्घटनावश भनेर मुद्दा बन्द गरिदिएको छ |
श्रीदेवीको प्रशसंकमाझ भने यो घटना अझै पनि शंकास्पद नै छ । आखिर श्रीदेवीसँग त्यस रात के भएको थियो ।
बोनी कपुरले आफ्ना खास मित्र तथा फिल्म विश्लेषक कोमल नाहटासँग त्यस रातको घटनाक्रम बारे बताएका छन् ।
नाहटाले यसलाई आफ्नो ब्लगमा लेखेका छन् ।
ब्लगका अनुसार, बोनीले उनलाई भनेँ– ‘२४ फेबु्रअरीको बिहान मेरो श्रीदेवीसँग कुरा भयो । उसले मलाई भनी– पापा श्रीदेवीले बोनीलाई बोलाउने नाम मलाई तपाईंको धेरै याद आइरहेको छ । मैले पनि उसलाई भनेँ, म पनि तिमीलाई धेरै सम्झिरहेको छु । तर मैले उसलाई यो कुरा भनिन्, उसलाई भेट्न म साँझ दुबई आउँदै छु । मलाई दुबई पठाउने विचार जाह्नवीको थियो, किनकि उसलाई डर थियो, उसकी आमालाई एक्लै बस्ने बानी थिएन । छोरीलाई लागिरहेको थियो, आमा एक्लै हुँदा पासपोर्ट वा अन्य जरुरी कागजात हराउनेछिन् ।’
श्रीदेवी दुईवटा फिल्ममा स्पेशल उपस्थितिका लागि न्यूजर्सी र बैंकुवर गएकी थिइन्, त्यतिबेला बोनी उनीसँग थिएनन् ।
तर बोनीका अनुसार ‘म यी दुईवटा ट्रिपमा श्रीदेवीसँग थिएन । तर म ढुक्क थिएँ, किनकि दुईपटक नै मेरा साथीका श्रीमती श्रीदेवीसँग थिए । दुबई स्टे पहिलो यस्तो मौका थियो, विदेशमा श्रीदेवी दुई दिन ९२२ र २३ फेबु्रअरी एक्लै थिइन् ।’
श्रीदेवी र उनी सानी छोरी खुशी बोनीसँग २० फेबु्रअरीमा भएको भान्जा मोहित मारवाहको बिहेमा गएका थिए र २२ फेबु्रअरीमा लखनऊमा एक जरुरी बैठकका कारण फर्किएका थिए । श्रीदेवी भने ठूली छोरी जाह्नवीको ‘शपिङ’ का लागि दुबईकै एक होटलमा बसेकी थिइन् ।
२४ फेबु्रअरी दिउँसो ३ः३० को फ्लाइटबाट बोनी दुबईको लागि उडिसकेका थिए र साँझ ६ः२० ९दुबईको समय० बजे पुगिसकेका थिए ।
होटल पुगेर बोनी–श्री एकअर्कासँग अंगालोमा बाँधिए, एकअर्कालाई चुम्बन गरे र करीब आधा घण्टासम्म कुरा गरेर बसे ।
त्यसपछि बोनी फ्रेस भएर आएपछि श्रीदेवीसँग साँझको खानाको तयारी गरे ।
बोनीका अनुसार, उनी फ्रेस भएर आएपछि श्रीदेवी होटलको मास्टर बाथरुममा नुहाउन र तयार हुन गइन् ।
बोनी भने बैठक कोठामैं बसेर टिभीमा साउथ अफ्रिका र इन्डियाको म्याच हेर्न थाले ।
केही बेर पछि उनले च्यानल चेन्ज गरेर पाकिस्तान सुपर लीग क्रिकेट म्याच हेर्न थाले । १५–२० मिनेट पछि राती करीब ८ बजे उनी उठे ।
उनलाई लाग्यो कि धेरै ढिला गरेपछि रेष्टुरेन्ट भरिभराउ हुनेछ ।
नाहटासँगको कुराकानीमा बोनीले भनेका छन्, ‘उनले बैठक कोठाबाटै श्रीदेवीलाई बोलाए । तर केही जवाफ आएन । फेरी उनले टिभीको आवाज सानो बनाए, तर पनि कुनै जवाफ आएन ।
त्यसपछि बोनी बेडरुममा गए र बाथरुमको ढोका खटखटाए र आवाज पनि दिए । बोनीले ठूलो स्वरमा ‘जान’, ‘जान’ भनेर पनि बोलाए । तर कुनै जवाफ फर्किएन ।
अन्तिममा केही सिप नलागेपछि ढोका खोले, जुन भित्रबाट बन्द पनि थिएन । भित्र जाँदा बित्तिकै उनले देखे बाथटब पानीले भरिएको थियो र श्रीदेवी शिरदेखि खुट्टासम्म पुरै डुबेकी थिइन् । बोनी श्रीदेवीको नजिक त पुगे तर उनको शरीरमा कुनै हलचल नदेखेर उनी नराम्रोसँग डराइसकेका थिए ।