पर्साको सिमरन स्याङबो तामाङ बनिन् मिस तामाङ २०१८

काठमाडौं: शनिबार साँझ राजधानीको सोल्टी होटलमा आयोजित मिस तामाङ २०१८ को ग्रान्ड फिनालेमा २७ प्रतिस्पर्धीलाई पछि पार्दै पर्सा ठोरी गाउँपालिका ४ की सिमरन स्याङ्बो तामाङले मिस तामाङको ताज पहिरिन सफल भइन्।
बिजेता घोषणा लगत्तै उनलाई मिस तामाङ २०१७ पिंकी घिसिङ तामाङले ताज पहिरिदिइन् । मिस नेपाल सिमरनले एक लाख नगद पुरस्कार पाउने भएकी छिन्।
`यदि मिस तामाङ बन्नु भयो भने तामाङ समूदाय र नेपालका लागि के योगदान गर्न सक्नुहुन्छ ?´ भन्ने प्रश्नको जवाफ दिएर निर्णायको मन जित्न सफल सिमरन एक वर्षसम्म सिभिल ग्रुपको ब्राण्ड एम्बास्टरसमेत भइकी छिन्।
प्रतियोगिताकी फस्ट रनरअप नुवाकोटकी रञ्जिता लामा तामाङ , सेकेण्ड काठमाडौंकी कुञ्छान लामा तामाङ भईन् |
यस्तै अन्य उपाधिहरुमा मिस ट्यालेन्ड र वेस्ट् क्याटवाक रुपा घिसिङ तामाङ, बिउटीफूल हेयर प्रियाङ्क तामाङ, फ्रेन्डसिप नोर्गिन तामाङ, मिस फोटो जेनिक कुन्छाङ तामाङ, वेस्ट स्क्रिन निमा तामाङ, बेस्ट स्माईल गिताञ्जली तामाङ र विबर च्वाईसमा रन्जीता तामाङ पाएका थिए |
एघारौं संस्करणको मिस तामाङ नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगतामा २८ सहभागी थिए।
कार्यक्रमको निर्णायकमण्डल सिभिल होमका अध्यक्ष इच्छाराम तामाङ, २०१२ मिस तामाङ सुमी मोक्तान तामाङ , नायिका ओसिमा बानु, समाजसेवी प्रविण मोक्तान तामाङ र भुपाल तामाङ थिए।
कार्यक्रममा विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ तामाङ र २०७० मा निर्वाचित १६ पूर्व तामाङ सभासद र वर्तमान सांसदलगायतलार्इ सम्मान गरिएको थियो ।
तामाङ जातिको कला, संस्कृति, भेषभुषा, रीति र धर्मलाई संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००७ बाट मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आइरहेको छ।