हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेपालीले बुद्धलाई बुझेनन – खेन्ट्से रिन्पोछे

जोङसार जम्याङ खेन्ट्से रिन्पोछे प्रसिद्ध भुटानी धर्मगुरु हुन् । खेन्ट्से नोर्बुका नामले पनि चिनिने उनी सिनेमा निर्माण र पुस्तकलेखनमा पनि उत्तिकै प्रसिद्ध छन् ।

जोङसार जम्याङ खेन्ट्से रिन्पोछे प्रसिद्ध भुटानी धर्मगुरु हुन् । खेन्ट्से नोर्बुका नामले पनि चिनिने उनी सिनेमा निर्माण र पुस्तकलेखनमा पनि उत्तिकै प्रसिद्ध छन् । ‘दि कप’ (१९९९), ‘ट्राभलरर्स एन्ड म्याजिसिएन्स’ (२००३) र ‘वर : अ ब्लेसिङ’ (२०१३) उनका प्रसिद्ध सिनेमा हुन् । ‘ह्वाट मेक्स यु टन अ बुद्धिस्ट’ (२००७) र ‘नट फर ह्याप्पिनेस’ (२०१२) उनका पुस्तक हुन् ।

सेप्टेम्बर १ देखि ७ सम्म चिनियाँ, युरोपेली र अमेरिकी गरी ७ सय ५० शिष्यलाई काठमाडौंमा प्रसिद्ध बौद्ध भिक्षु नागार्जुनको दर्शन र महायानी बौद्धमत ‘माध्यमिक’ र यसले उठाएको शून्यताबारे धर्मदेशना गर्न नेपाल आएका उनीसँग गरेको कुराकानी :

मानिस किन दु:खी छन् ?

किनभने मानिसमा ज्यादै अज्ञानता छ ।

धर्मगुरुको परम्परागत आचरणभन्दा भिन्न, यहाँ सिनेमासमेत बनाउनुहुन्छ । एउटा रिन्पोछेलाई त्यो किन आवश्यकता पर्‍यो ?

पहिलो त म उति राम्रो अभ्यासी होइन । दोस्रोचाहिँ के भने, म भिन्न तरिकाले सोच्छु । कारहरू त अरू पनि थुप्रै छन् ।

धर्म देशनाका लागि नेपाललाई नै छान्नुको कारण के हो ?

नेपाल त्यो देश हो जहाँ बुद्धको जन्म भएको थियो । एकजना नेपालीले बुद्धत्व प्राप्त गरेर संसारलाई नै अहिलेसम्म उजिल्याएको तथ्य नेपालीले थाहा पाउनु जरुरी छ । खालि भारतले बुद्ध आफ्नो देशमा जन्मेको कुरो गर्दा मात्रै नेपालीहरू बम्किन्छन् । तर बुद्धको ज्ञानलाई पच्छ्याउँदैनन् । बुद्धले के भन्नुभएको थियो भन्ने नै थाहा छैन ।

भूगोलमा अग्लो सगरमाथाको आधा भाग अर्कै देशमा पर्छ । तर ज्ञान र बुद्धताको शिखरमा पुगेको सिंगै मान्छे नेपालको हो । मात्र नेपालको । यो तपाईंले गुमाउनुभयो भने सबै गुमाउनुहुन्छ ।

अर्काे कुरा, नेपाल पुण्यभूमि हो । नेपालले बुद्धधर्म तिब्बत र चीनमा फैलाउन सेतुको काम गर्‍यो । महान् गुरु पद्मसम्भवले नेपालमै तपस्या गर्नुभएको थियो र तिब्बतमा बुद्ध धर्मको बीउ रोप्नुभएको थियो ।

संसारभर नै बुद्धप्रति यस्तो झुकाव भएका बेला नेपालमै चाहिँ उहाँको ज्ञान पच्छ्याउने नहुनाको कारण के होला त ?

एकजना नेपाली चीन, तिब्बत, जापान, थाइल्यान्ड, बर्मा, भुटानमा धेरै पहिलेदेखि र अहिले पूरै युरोप र अमेरिकामा प्रसिद्ध भए । यो दु:खको कुरा, नेपालमै उनको शिक्षा गुमनाम छ । किन यस्तो भयो म जान्दिनँ । त्यो त नेपालीहरूलाई नै सोध्नुस् । यो तपाइंको काम हो ।

नेपाल पहिलोपटक कहिले आउनुभएको थियो ?

१३ वर्षको उमेरमा ।

अहिले कति वर्षको हुनुभो त ?

५४ ।

त्यतिबेला नेपाल कस्तो थियो ?

एकदम बेग्लै । नब्बे प्रतिशत बौद्ध जंगल थियो ।

कुमारीलाई पनि भेट्दै हुनुहुन्छ हो ?

अँ, समयले भ्यायो भने । तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा के भने म नेपाली लोकगीत सुन्न चाहन्छु । नारायणगोपालका गीत पनि मलाई मन पर्छन् ।

प्रकाशित : २०७२ आश्विन २३ ,कान्तिपुर






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution