प्रतिनिधि सभामा हितबहादुर तामाङले पहिलोपटक तामाङ भाषामा सपथ लिने

याम्बु – नेपालको इतिहासमा तामाङ जातिबाट प्रतिनिधिसभामा हितबहादुर तामाङले आफ्नो मातृभाषा तामाङभाषामा पहिलोपटक सपथ लिने भएको छ |
प्रतिनिधिसभामा ६ जना सांसद मध्ये उनले मात्रै तामाङ भाषामा सपथ लिनेछन् । बाँकी ५ जनाले आफ्नो मातृभाषामा सपथ लिन निवेदन नै दिएनन् ।
हितबहादुर तामाङ,शेरबहादुर तामाङ, गंगाबहादुर तामाङ, बहादुरसिंह तामाङ, शान्ति पाख्रिन तामाङ र नबिना लामा तामाङ सांसद छन् ।
भोलि पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले ११ वटा भाषामा सपथ लिने भएका छन् ।
खस नेपालिसहित तामाङ, मगर, नेपालभाष, हिन्दी, अवधि, भोजपुरी, मैथेली, थारु, बज्जिका र उर्दु भाषामा सपथ लिने भएका हुन् ।
प्रतिनिधिसभामा अन्य कुन भाषामा क-कसले सपथ लिदै ,हेर्नुहोस लिस्ट