सलमान खानको नेपालमा हुने ‘दबंग द टुर’ कार्यक्रम स्थगित

काठमाडौं, १८ फागुन । बलिउड अभिनेता सलमान खान सहभागी हुने भनिएको ‘दबंग द टुर’ कार्यक्रम स्थगित भएको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट रहेको अखिल नेपाल जनसाँस्कृतिक महासंघले यही फागुन २६ गते टुँडिखेलमा हुने सलमान खानको कार्यक्रम रद्द नगरे प्रतिकार गर्ने चेतावनी दिएको थियो ।
सोही चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले कार्यक्रम नै रद्द गरेको हो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो ।