किन गर्यो इयु र क्यानडाले ट्रम्पको निर्णयको विरोध ?

फागुन १८ – अमेरिकाका प्रमुख व्यापारिक साझेदार युरोपेली युनियन इयू र क्यानडाले स्टील र अल्मुनियमको आयतमा कर लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको विरोध गरेका छन् ।
राष्ट्रपति ट्रम्पको घोषणालगत्तै इयू र क्यानडाले आफूहरूले पनि जवाफी कदम चाल्ने चेतावनी दिएका हुन् । युरोपेली आयोगका अध्यक्ष जाँ कल्ड युंकरले अमेरिकी कदमले हजारौं युरोपेलीको रोजगारी जोखिममा पर्ने भएकाले चुप लागेर नबस्ने प्रतिक्रिया दिएका छन् ।