तामाङ सोसाइटी अफ न्यूयोर्क द्वारा सागर एस वाइबालाई सम्मान एवं बिदाई कार्यक्रम सम्पन्न

उत्तर अमेरिका तामाङ सम्मेलन तथा ‘डम्फु साँझ २०१८’ को अवसरमा नेपालबाट आउनु भएका लोकप्रिय गायक तथा म्हेन्दोमाया किङ सागर एस वाइवाको विदाई तथा सम्मान कार्यक्रम फेबुअरी २७ तारिखका दिन तामाङ् सोसाइटी अफ न्यूयोर्क , अमेरिकाको आयोजनामा सम्पन्न गरियो |
गायक सागर एस वाइवा एउटा बहुप्रतिभाशाली तथा पश्चिमेली तामाङ समुदायको भाषा, धर्म र संस्कृतिको संरक्षण तथा सम्बद्र्धनका लागि विगत १५ वर्षदेखि निरन्तर सघर्ष गर्दै आएका प्रतिभाशाली चर्चितगायक हुन् ।
तामाङ, समुदायको मेला, जात्रा, चाडपर्व तथा ऐतिहासिक पक्षलाई खोतल्दै गीत संगीतको माध्यमबाट हाम्रो पहिचानलाई संरक्षण र सम्बद्र्धन गर्ने बहुआयामिक प्रतिभा हुन् ।
४५ दिनको अमेरिका बसाईको क्रममा बासिङटन डिसी, ,केन्टुकी, डल्लास टेक्सास, सन्फ्रासिको क्यालिफोनियादेखि न्यूयोर्क मा रहेका तामाङहरुलाई आफनो गीत संगीतको माध्यमबाट सबैलाई मन्त्रमुग्ध पारेका थिए ।