नायिका पुर्णिमा लामा तामाङ र नायक संजोग राणाको कुनै पल ….

काठमाडौं | आगामी चैत्र २३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्र हिरोजको गीत सार्वजनिक भएको छ । निर्माण पक्षले चलचित्रको प्रचार प्रसारको क्रममा सार्वजनिक गरेको कुनै पल गीतको भिडियोमा नायिका पुर्णिमा लामा तामाङ र नायक संजोग राणा माथी छायाकन गरिएको छ ।
टंक बुढाथोकीको शब्द संगीत र स्वरमा तयार भएको उक्त गीतमा संगीतकार टंक लाई गायिका प्राश्ना शाक्यले गायनमा साथ दिएकी छिन । बेरोजगारीको पीडा, महिला हिंसा, राजनीतिक विकृती, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको चलचित्र हिरोज द्रन्द निर्देशक एन,बि महर्जनको निर्देशन मा निर्माण भएको छ । चलचित्रमा सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरलाई मुख्य भूमिकामा देख्न पाइने स्रोतले बताएको छ।
अभिनेत्री पूर्णिमा लामा तामाङले निर्माण गरेको चलचित्र हिरोजमा नायिका करिश्मासँगै जयकिसन बस्नेत, पूर्णिमा लामा तामाङ, मुकेश ढकाल,संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको बताइएको छ।
निर्देशक महर्जनको दाबी अनुसार मनोरञ्जनका भरपुर खजानाले भरिएको उक्त चलचित्र जयलक्ष्मी फिल्मस्को ब्यानरमा प्रस्तुतकर्ता लक्ष्मी लामा तामाङको निर्माणमा निर्मित हिरोजमा युवराज लामा, द प्लाम ग्रुप र संजोग राणा निर्मातामा रहेका छन् भने शिब ढकाल र रामशरण उप्रेतीको छायाकन्,कमल राई, कबिराज गहतराज र रामजी लामिछानेको नृत्य रहेको छ् ।