हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

भाइचुङ भुटियाको ‘आत्मघाती गोल’ राजनीति छाडेको घोषणा

सिलिगुडी — भारतीय फुटबल जगतका ‘आइकन’ मानिने भाइचुङ भुटिया पछिल्लो तीन वर्षयता राजनीतिमा सक्रिय थिए । नमिल्दो के थियो भने, सिक्किमका यी चर्चित फुटबलर आफ्नो राज्यमा नभई छिमेकी पश्चिम बंगालको राजनीतिमा संलग्न थिए ।

फुटबलपछि राजनीतिमा लागेर चर्चित बनेका भाइचुङले सोमबार राजनीति छाडेको घोषणा गरेका छन् । भाइचुङले छोटो अवधिमै राजनीति छाडेको कुरालाई भारतीय संचार माध्यमहरुले ‘आत्मघाती गोल’ को संज्ञा दिएका छन् । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीका ‘पोष्टर ब्वाई’ मानिने भाइचुङले पश्चिम बंगालको सत्ताधारी पार्टी त्रिणमूल कंग्रेस विरुद्ध आत्मघाती गोल गर्दै मैदान छाडेका छन् ।

भाइचुङले सोमबार ट्वीट गरे, ‘आजदेखि मैले टीएमसीको सदस्यता साथै राजनीतिक पदबाट राजीनामा दिँदैछु । अब म भारतको कुनै पनि राजनीतिक पार्टीसंग आवद्ध नरहेको प्रष्ट पार्न चाहन्छु ।’

फुटबलबाट राजनीतिमा हामफालेका भारतीय फुटबल टीमका पूर्व कप्तान भाइचुङले ममताको साथ किन छाडे ? अब के उनी ठूला राजनीतिक दलहरुमा प्रवेश गर्ने सोचमा छन् ? राजीनामा लगत्तै यस्ता बग्रेल्ती प्रश्नहरु भाइचुङ सामु तेर्सिएका छन् ।

भाइचुङ अब सिक्किमकै राजनीतिमा सक्रिय बन्न सक्ने आंकलन पनि शुरु भएको छ । एकथरीको अनुमान के छ भने भाइचुङ केन्द्रीय सत्ताधारी दल भारतीय जनता पार्टीमा सामेल हुन पनि सक्छन् । भाइचुङको ट्वीट लगत्तै भाजपा नेता तथा केन्द्रीय गृह राज्यमन्त्री किरण रिजिजुले गरेको ट्वीटले भाइचुङ भाजपामा सामेल हुनसक्ने सम्भावना प्रवल बनेको सिक्किम गान्तोकका पत्रकार शेखर खवासको विष्लेशण छ । ‘केन्द्रीय मन्त्रीले ट्वीटरबाट भाइचुङको फोटो राखेर शुभकामना व्यक्त गरेका छन्,’ उनले भने ।

त्रिणमुल कंग्रेसका पूर्व महामन्त्री मुकुल रायसंग ज्यादै निकट सम्बन्ध छ भाइचुङको । रायकै कारणले विगतमा टीएमसीको राजनीतिमा छिरेका उनले अहिले रायकै आग्रहमा टीएमसी छाडेको अनुमान छ । टीएमसीकी अध्यक्ष ममता बेनर्जीसंगको विवादका कारण रायले गत वर्ष नै पार्टी छाडेर भाजपामा प्रवेश गरिसकेका छन् । ‘भाइचुङलाई पनि भाजपामै समावेश गर्ने उनको योजना देखिन्छ,’ भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

भाइचुङ फुटबलमा जति सफल मानिए, राजनीतिमा त्यो सफलता पाएका छैनन् । उनी सन् २०१४ को लोकसभा निर्वाचन र लगत्तै भएको राज्य विधानसभा निर्वाचनमा नमज्जाले पराजित भएका थिए ।

राज्य विधानसभामा दार्जिलिङ जिल्लाको तराई–सिलिगुडी क्षेत्रबाट तृणमूल कंग्रेस उम्मेदवार बनेका भाइचुङ माक्र्सवादी कम्युनिष्ट पार्टीका भेट्रान नेता अशोक भट्टाचार्यसंग १४ हजार ७२ मतले पराजित भएका थिए । अघिल्लो पटक लोकसभा निर्वाचनमा गोर्खा जनमुक्ति मोर्चा समर्थित भारतीय जनता पार्टीका उम्मेदवार सुरिन्दर सिंह (एसएस) अहलुवालियासंग यिनको लज्जाजनक हार भएको थियो ।

करिव १० लाख बढी मतले यिनी पराजित बनेका थिए । ‘लोकसभा निर्वाचनमा उम्मेदवार बनेको व्यक्तिले राज्य विधानसभामा उम्मेदवारी दिनु नै मुर्खता थियो,’ उनको हारपछि तृणमूल कंग्रेसकै समर्थकहरुको टिप्पणी थियो, ‘भाइचुङले राजनीति गरेर खाने सम्भावना देखिएन ।’

भाइचुङले भारतीय राष्ट्रिय टोलीमा झन्डै १६ वर्ष एकछत्र राज गरेका थिए । सन् २०११ मा अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन्यास लिएर बसेका उनी फुटबल एकाडेमी चलाएर बसेका थिए । ममतासंग पारिवारिक सम्बन्धले उनलाई राजनीतिमा ल्याएको बुझिन्छ । पछिल्लो समय भाइचुङको बसाई सिक्किम र बंगालमा बराबरी जस्तो थियो ।

भाइचुङ राजनीति आउनु अघि डान्स रियालिटी शो ‘झलक दिखलाजा’ मा पनि सहभागी बने । तेस्रो संस्करणको विजेता पनि बनेका थिए । भाइचुङले ‘नेपाली फिल्म खेल्ने रे’ भन्ने हल्ला पनि चल्यो । सन् २०१३ मा सिक्किममा छायांकन भएको फिल्म ‘शिशा’मा सानो भूमिका पनि निभाए । फिल्म खेल्नै चाहने भए यिनले बलिउडमै प्रशस्त अवसर पाउने नै थिए । तर, यिनको चाहना फिल्ममा थिएन । किनकी राजनीतिले यिनलाई तान्न थालेका थियो ।

‘ममता बेनर्जीले आफ्नो राजनीतिक अभिष्ट पुरा गर्ने उपयुक्त पात्रको खोजीमा थिइन्,’ गोर्खा जनमुक्ति मोर्चाका एक नेताले भने, ‘त्यो पात्र भाइचुङ थिए ।’

सन् १९७६ डिसेम्बरमा सिक्किममा जन्मिएका भाइचुङको फुटबल मोह सानै देखिको हो । १६ वर्षको उमेरमा यिनले बंगालको चर्चित क्लव इष्ट बंगालवाट खेल्ने थालिसकेक थिए । इष्ट बंगालपछि अर्को चर्चित क्लव मोहन बगानबाट पनि खेले । लगत्तै राष्ट्रिय टीममा अवसर पाए । यूरोपको प्रोफेसनल क्लबहरुबाट खेल्ने पहिलो भारतीय फुटबल खेलाडी पनि हुन् भाइचुङ ।

१९९९ मा इङ्लिस क्लब वरीले उनीसंग ३ वर्षको सम्झौता गरेको थियो । फुटबलका यी हस्तीले सन् १९९८ मा अर्जुन पुरस्कार, २००८ मा प्रतिष्ठत पद्मश्री, २०१४ मा बांगला भुषणलगायतका सम्मान पाएका छन् । कान्तिपुरबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution