विश्वकप छनोट क्रिकेट प्रतियोगिताको पहिलो अभ्यास खेलमा युएई संग नेपाल ५ विकेटले विजयी

काठमाडौं, १५ फागुन– आइसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको पहिलो अभ्यास खेलमा नेपाली युएईसँग विजयी भएको छ ।
जिम्बावेको क्वे क्वे स्पोर्टस् क्लबको खेल मैदानमा भएको खेलमा नेपाल ५ विकेटले विजयी भएको हो । युएईले दिएको १७२ रनको लक्ष्य नेपालले ५ विकेट गुमाउँदै पुरा गर्यो ।
बर्षातका कारण २९ ओभरमा छोट्याइएको खेलमा नेपालले ४ बल बाँकी छँदै लक्ष्य भेट्टायो ।
नेपालका लागी दिपेन्द्रसिंह ऐरीले ३१ बलमा ४१ रन बनाए । ऐरीले १ छक्का र ४ चौका प्रहार गरे । त्यस्तै शरद भेश्वाकरले नट आउट ४० रन बनाए ।
कप्तान पारस खड्काले ३९ बलमा २८ रन बनाउँदा आरिफ शेखले १२ बलमा नटआउट १९ रन बनाए ।
ओपनरद्धय ज्ञानेन्द्र मल्लले १२ र दिलिप नाथले ४ रन बनाए ।
जितेर पहिले व्याटिङ गरेको युएईले २८ ओभर ५ बलमा अल आउट हुँदै १ सय ७१ रन बनाएको थियो । उसका अस्फक अहमदले ४२, अदनान मुफ्तीले ३७, घुलम सब्बरले ३२ साईमन, महम्मद उस्मानले २६, अनवरले १६ रन बनाए ।
युएईलाई अल आउट गर्ने क्रममा नेपालका लागी ललित भण्डारीले ४, करन केसीले ३ विकेट लिए । नेपालका ललित राजबंशीले २ तथा कप्तान पारस खड्काले १ विकेट लिए ।