अखिल क्रान्तिकारी विद्यार्थी संगठन विप्लब’ले कडा संघर्षको कार्यक्रम घोषणा

काठमाडौं।अखिल (क्रान्तिकारी)को संगठनका महासचिव दिपेन्द्र चलाउने लगायतका नेता–कार्यकर्तालाई रिहाइ नगरेको भन्दै मंगलबार कडा संघर्षको कार्यक्रम घोषणा गरेका छन् ।
संगठनका अध्यक्ष पूर्णबहादुर सिंहले आज एक विज्ञप्ति जारी गर्दै देशव्यापी विरोध प्रदर्शनदेखि आम हड्तालसम्मको कार्यक्रम घोषणा गरेका हुन् । अध्यक्ष सिंहले महासचिव चलाउने, सचिवालय सदस्य गणेश रैकाल, केन्द्रीय सदस्य सन्तोषी भट्टराई लगायतलाई ओली सरकारले गुण्डागर्दी शैलीमा गिरफ्तारी गरिएकोमा निन्दा गरेका छन् ।
अध्यक्षद्वारा जारी गरेका संघर्षका कार्यक्रमहरू फागुन १६ गते देशव्यापी विरोध प्रदर्शन, फागुन १७, १८ प्रचारप्रसार, फागुन १९ अन्तरक्रिया, फागुन २० गते आम शैक्षिक हड्ताल अधिकार सुनिश्चितताका लागि संघर्षका कार्यक्रमहरू घोषणा गरिएका छन् ।