अमेरिका-रसिया रणभूमिमा सिरियामा गृह युद्ध,मानब बन्यो बलिको सिकार

सीरियाको पश्चिम बिद्रोहीको कब्जामा रहेको इदलिब प्रान्तको खान शयखुन भन्ने ठाउँमा गत मंगलबार रासायनिक हमलामा परि बालबालिकासहित कम्तिमा सय जना सर्बसाधारणको क्रुरतापूर्बक हत्या गरिएको घटनालाई लिन सकिन्छ। अमेरिका, बेलायत र फ्रान्सले उक्त हमला राष्ट्रपति बसर-अल-असदलाई जिम्मेदार ठहराएका छन्।
मर्नेमा दर्जनभन्दा बढी बच्चा छन्। उक्त घटनाको विश्व समुदायबाट निन्दा एबं भर्सन भइरहेको छ। सीरियन अब्जरवेटरी फर ह्यूमन राइट्स (एसओएचआर) ले बताए अनुसार ४ सय भन्दा बढीको अवस्था अत्यन्त गम्भीर छ।
भनिन्छ क्रुर तानासाह आफ्नो क्रुरताको कुनै सीमा राख्दैनन्। यसको पछिलो घटनाको रुपमा सिरिया नर संहारलाई लिन सकिन्छ। सम्पूर्ण सहर भर्खर निन्द्राबाट ब्युझिदै थियो। एक रकेट अकस्मात शहरको आकासमा आइपुग्छ। र, त्यो बिस्तारै बिस्तारै जमिनमा बज्रिन पुग्छ। त्यसपछि रकेटबाट धुँवाको मुस्लो निस्किन थाल्छ र त्यो हावासँगै स्वास-प्रस्वासमा मिसिन पुग्छ।
ती सम्पूर्ण अबोध बालबालिका लगायत सर्बसधारणलाई के थाहा त्यो पबित्र बिहानीको हावामा बिष मिसिएको छ? जब सास फेर्न गाह्रो भइ भकाभक अरु मानिसहरु भुइमा ढल्न थाल्छन्, त्यस पछि थाहा हुन गयो मानवताको क्रुरता नाघेको सासकले यसप्रकारको संबेदनहिन अपराध गरेको भन्ने बारेमा।
मानवताको अन्त्य हुँदै गरेको उक्त घटनाको बारेमा सुन्ने जो कोहीको पनि सरिर सिरिङ्ग काप्ने थियो। मानिसले बनाएको सबभन्दा खतरनाक हतियारको प्रारूप फेरि एकपटक मानब समुदायमा आमसंहारकारी बनेर आयो, त्यो केवल शक्ति रास्ट्रको व्यक्तिगत स्वार्थको लागि र त्यसको गोटी बने राष्ट्रपति बसर अल असद।
आकासबाट बर्सिएको उक्त हतियार अरु कसैले नभइ आफ्नै सत्ता प्राप्तिको मोहमा रसियाको सहयोगमा राष्ट्रपति बसर अल असदले बर्साएका थिए। तर, यसको नराम्रो शिकार अबोध बाल बालिकाहरु पर्न गए।
भनिन्छ दुनियाँमा सिरियासँग सबभन्दा बढी रासायनिक हतियार रहेको छ। उक्त हतियारको प्रयोग जुनसुकै बेला सामान्य अवस्थामा प्रयोग गर्न बसर अल असद पछि पर्दैनन्।
सन् २०१३ मा पनि उनले उक्त हतियार प्रयोग गरि सयौंको हत्या गरेका थिए। त्यसपछि ओबामा प्रसासनले आक्रमणको तयारी गरेको थियो तर अमेरिकी कांग्रेसले अनुमति नदिनू, रसियासँगको तनाब र बेलायती संसदले युद्वको लागि अनुमति नदिनुले उक्त आक्रमण रोकिएको थियो।
तर यस पटक भने ट्रम्प प्रसाशनले ६० टोमहाक मिसायल आक्रमण गरिसकेको छ बसर अल असदको बिरुद्धमा। र यसलाई बेलायत लगायतका देशले खुलेर समर्थन गरिसकेका छन्।
को हुन बसर अल असद?
सन् २००० मा सिरियाको राष्ट्रपतिको रुपमा उदाएका बशर अल असद शिया समुदायका व्यक्ति हुन्। सिरियामा शिया समुदायको जनसंख्या केवल १३ प्रतिशत छ। देशको बहुसंख्यक सुन्नी समुदाय करिब ७० प्रतिशत छन्।
शिया समुदायको अतिरिक्त अन्य अल्पसंख्यक गुट तथा ईसाई र कुर्द समुदाय छन्। तर अल्पसंख्यक भए पनि उनले बहुसंख्यक सुन्नी समुदायमाथि साशन गरिरहेकाले त्यहाँ दिनहुँ जसो झडप हुनेगर्छ। त्यसकारण, बशर अलकायदालगायत आईएसआईएसबिरुद्ध अहिले युद्वरत छन्। आफ्ना पिता हाफिज अल असदको उत्तराधिकारीको रुपमा एक निरंकुश तानाशाहि साशन चलाएर बसेका छन्
राजनीतिक रुपमा यी चतुर खेलाडीले आफ्नो सत्ता टिकाउन रसिया, चीन र इरानको गतिलो समर्थन हासिल गरेका छन्। त्यसकारण अरबमा तानासाहहरुको पतन हुँदासमेत उनी अहिलेसम्म सुरक्षित रुपमा सासन गरिरहेका छन्। होइन भने उनी इराकका तानाशाह सद्दाम हुसैन, ईजिप्टका तानाशाह होस्नी मुबारक र लिबियाका कर्नल गद्दाफीझैँ सत्ताच्यूत भइसक्ने थिए।
सन् १९७० मा सीरियामा जब बाथ पार्टीका उनका पिता हाफिज अल असदले आफ्नो हातमा सासन लिए। त्यसबखत, इस्लामिक कट्टरपन्थीले उनको कडा बिरोध गरेका थिए। तर, हाफिज अल असदले इस्लामिक कट्टरपन्थिको नृशंतापूर्वक दमन गरे।
सन् १९७१ मा सीरिया सरकारले रसियालाई निकट बनाउन आफ्नो बंदरगाह शहर तारतुस रशियन नौसैनिक अड्डा बनाउन राजी भयो। सन् २०१० सम्ममा रसियाले करिब १.५ अर्ब डलर बराबरको हतियार प्रदान गरि सकेको छ। उक्त घटना पश्चात अमेरिका र रसियाको शत्रुता बढेर गयो भने सोवियत संघको बिगठन पश्चात पनि सीरिया र रशियाको दोस्ती कायम छ र अन्त्यहीन गृह युद्दमा सिरिया नराम्ररी फसेको छ।
सिरियाको भबिष्य
अहिले विश्व इतिहासकै कठिन समयमा उभिएको छ। रासायनिक हमलापछि ट्रम्प प्रसाशनले सिरियामाथि मिसायल आक्रमण गरेको छ। यसपश्चात रसिया र इरानले अमेरिकालाई आफ्नो सीमाना क्रस नगर्न चेतावनी दिएका छन्।
उक्त घटना पश्चात अमेरिका र रसियाबीच भएको सैनिक सम्झौता समेत भंग भएको छ। सिरिया र अमेरिकाभन्दा पनि रसिया र अमेरिका बीच बढी मुडभेढ हुने देखिन्छ।
अमेरिका र रसिया दुवै आणविक हतियार सम्पन र बिश्व राजनीतिलाई प्रभाब पार्न सक्ने राष्ट्र भएकाले यी दुई देशहरु बिचको निर्णय निर्णायक हुने देखिन्छ।
अहिले अमेरिका र रशियासँग करिब १५ हजार आणविक हतियार छन् र तिनीहरु सबै राष्ट्रपतिको कलमको मसिले कागजमा कोरिसक्दा भीमकाय हतियार बनेर निसानामा बज्रिन पुग्छन्। त्यसकारण अहिले ट्रम्प र पुटिनको कलमको निभको टुप्पो एकदम निर्णायक र ध्वंसात्मक बनेर रहेको छ।
यो दुनियाँ यी दुई नेताहरुको राजनीतिको चपेटामा नपर्ने हो भने सुरक्षित रहनेछ अन्यथा सिरिया जस्तो मानवीय संकट पैदा भइ बिश्व अन्त्यहीन चपेटामा नपर्ला भन्न सकिन्न।