हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

साइप्रसका लागि श्रम स्विकृति बन्द,बिदामा नेपाल गएकाहरुलाई समेत फर्कन रोक

काठमाडौँ — वैदेशिक रोजगार विभागले साइप्रससहित युरोपका मुलुकमा जाने घरेलु कामदारको श्रम स्वीकृतिमा आइतबारदेखि रोक लगाएको छ । घरेलु कामदार निर्देशिका सबैतिर आकर्षित हुने भन्दै विभागले युरोप जाने घरेलु कामदारलाई पनि श्रम स्वीकृति दिन रोक लगाएको हो ।

घरेलु कामदारको निर्देशिकामा दुई देशबीच श्रम सम्झौता नभएसम्म श्रम स्वीकृति नदिने उल्लेख छ ।

घरेलु कामदार निर्देशकालाई चौथो पटक संशोधन गरेपछि खाडी र मलेसियासहित ४२ देशमा घरेलु कामदार पठाउन सरकारले एक बर्षअघिबाटै रोक लगाएको थियो । तर, साइप्रस सहित युरोपमा पर्ने देशहरुमा पनि श्रमस्वीकृति दिइरहेको थियो ।

निर्देशिका जारी भएपछि बिदामा फर्केका घरेलु कामदार समेत पुन: सोही ठाँउमा काम गर्न रोक लगाइएको छ ।

‘घरेलु कामदारको बिषयमा विवाद नै छैन । जुन देशमा श्रम सम्झौता छ । त्यो देशमा मात्रै श्रमस्वीकृति प्रदान गर्ने हो,’ वैदेशिक रोजगार विभागका नवनियुक्त महानिर्देशक भुवन आचार्यले भने,‘श्रम सम्झौता नभएपछि स्वीकृति दिन मुनासिब हुँदैन ।’

साइप्रस मामिला हेर्ने इजरायलस्थित नेपाली दूतावासले बिना श्रम सम्झौता म्यानपावरले घरेलु महिला कामदार पठाइरहेको भन्दै श्रम मन्त्रालयको ध्यानकर्षण जनाउँदै आएको थियो । दूतावासले साइप्रसमा पनि घरेलु कामदार निर्देशिका कार्यान्वयन हुनुपर्ने भन्दै श्रम मन्त्रालयको भुमिकाप्रति प्रश्न उठाएको थियो ।

पछिल्लो समयमा युरोप मुलुक भन्दै घरेलु कामदारको लागि साइप्रस जाने शिक्षित युवतीहरु आकर्षित हुदै आएका थिए । उनीहरुले म्यानपावरलाई तीन लाख रुपैयाँसम्म बुझाएर साइप्रस गइरहेका छन् । त्यहाँ पुग्ने घरेलु कामदारमाथि पनि शोषण हुने गरेको नेपाली दूतावासले जनाएको छ ।

आर्थिक बर्ष २०७३/७४ मा महिलाको लागि प्रमुख गन्तब्यको रुपमा साइप्रस बनेको थियो । त्यस आर्थिक बर्षमा ११ सय ६४ महिला साइप्रस गएका थिए । हाल श्रम स्वीकृति लिएर मासिक झन्डै एक सय महिलाहरु साइप्रस गइरहेका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघले साइप्रस लगायत युरोपका देशहरुमा घरेलु कामदार निर्देशिका लागु नहुने दावी गरेको छ । ‘सरकारले घरेलु कामदार निर्देशिका लागु गर्ने भनिएको ४२ देशभित्र युरोपका देशहरु पर्दैनन्,’ संघका अध्यक्ष रोहण गुरुङले भने,‘पुर्व स्वीकृति अनुसार अन्तर्वार्तामा उत्तीर्ण भइसकेकाहरु बाहिर जान रोकिए ।’

– कान्तिपुर






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution