ओलीको मन्त्रिपरिषद बिस्तार,गृहमन्त्रि रामबहादुर थापा,अर्थमन्त्रीमा डा.युवराज खतिवडा….
काठमाडौं : प्रधान मन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदमा चार सदस्य थपिएका छन्। सरकारमा थपिएका मन्त्रीहरुमा ईश्वर पोखरेल, रामबहादुर थापा, मात्रिका यादव र युवराज खतिवडा छन्।
राष्ट्रपति भवन सितल निवासमा चारैजनाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। थपिएका मन्त्रीहरुमा ईश्वर पोखरेलले रक्षा मन्त्रालय , रामबहादुर थापाले गृह , मात्रिका यादवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र डाक्टर युवराज खतिवडाले अर्थ मन्त्रालय सम्हाल्ने भएका छन् |
राष्ट्रपति विद्यादेवी भण्डारीले थपिएका मन्त्रीहरुलाई सपथ ग्रहण गराएकी हुन्।