इजरायलमा उभौली साकेला सिली कार्यक्रम येलेदुङ ५०७८ भव्यताको साथ मनाउने तयारी

तेलअविव – किरात राई यायोख्खा नेपाल इजराइल द्वारा मुलबासी किराती राई जातिहरुको आफ्नो मौलिक नेपाली साँस्कृतिक राष्ट्रिय महान चाड यले दोङ् ५०७८ को उभौली साकेला (प्रकृतिक) पुजा आउँदो १८ मे २०१८ (शुक्रबार) साँझ ” विश्वका किराँत राईहरु एक हौ,आफ्नो भेषभुषा ,भाषा ,लिपी,कला संस्कृति ,संरक्षण र सम्बर्धन गरौ ” भन्ने मुल नाराको साथ तेलअविव शहर स्थित यादखारुत्सिम _ १५ मा रहेको EVE Party Place मा भव्य रुपमा मनाउने भएको छ |
कार्यक्रमको लागि नेपालबाट आमन्त्रित ख्यातिप्राप्त कलाकारहरु गायक तथा संगीतकार भिषण मुकारुङ राई र नब उदयमान गायक तथा मोडेल इसक राई आउनु हुने भएको छ | वहाँहरुको जोडदार प्रस्तुति संगै बिभिन्न साँस्कृतिक कार्यक्रम सहित मनाउन लागेको कार्यक्रममा इजरायलवासी सम्पूर्ण नेपाली महानुभावहरुलाई कार्यक्रममा उपस्थित हुनाको लागि किरात राई यायोख्खा नेपाल इजराइल द्वारा सबैलाई हार्दिक अनुरोध गरेको छ |