हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

तीनवटा प्रदेशमा मगरात पहिचानको नामकरण माग

मगरात’ पहिचान दिन मगर संघको माग

काठमाडौं : नेपाल मगर संघले मगरात पहिचान दिन माग गरेको छ। संघले आइतबार पत्रकार सम्मेलन गरी प्रदेश ४, ५ र ६ प्रदेशलाई मगरातको पहिचान दिएर नामकरण गर्न माग गरेको हो।

फागुन १५ गतेदेखि काठमाडौंमा सुरु हुने २६औँ राष्ट्रिय सम्मेलन तथा मगरात सम्मेलनको बारेमा जानकारी दिन आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष नवीन रोका मगरले तीनवटा प्रदेशलाई मगरात पहिचानसहित नामकरण गर्नुपर्ने बताए।

अध्यक्ष रोकाले मगर जातिको आदिभूमिलाई तीन चिरा पारिएको भन्दै एउटै क्लस्टरमा ल्याएर आठौँ प्रदेश बनाउनुपर्ने संघको पहिलो माग रहेको बताए। मगरात क्लस्टरलाई मिलाएर एउटै प्रदेश बनाउन नसकिने हो भने प्रदेश ४ लाई मगरात–तमुवान, प्रदेश ५ लाई मगरात–थारूवान र प्रदेश ६ लाई मगरात–खसान नामकरण गर्नुपर्ने बताए। ‘हाम्रो पहिलो माग मगरात भूमिको क्लस्टरसहितको मगरात प्रदेश हो’, उनले भने, ‘त्यसो हुन नसके तीनवटै प्रदेशलाई मगर समुदायको पहिचान आउने गरी नामकरण गर्नुपर्छ।’

मगर संघले मगर भाषालाई राज्यको सबै तहमा सरकारी कामकाजको अधिकारसहित राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने, लखन थापामगरलाई राज्यले प्रथम शहीदको सम्मान दिनुपर्ने, मगर प्रथाजनित कानुनहरूलाई संवैधानिक मान्यता प्रदान गर्नुपर्ने माग राखेको छ। ‘हाम्रा एजेण्डामाथि राष्ट्रिय सम्मेलनमा गम्भीर छलफल हुन्छ र हामी हाम्रा माग पूरा गराउन आन्दोलन अगाडि बढाउँछौँ’, संघका महासचिव ज्ञानेन्द्र पुनले भने।

संघले ‘पहिचानसहितको संघीयता र मगरात स्वायत्त प्रदेश स्थापनाका लागि संविधान संशोधन : सामाजिक न्याय तथा पूर्ण समानुपातिक प्रतिनिधित्वको पक्षमा २६औं राष्ट्रिय सम्मेलन’ भन्ने नारा तय गरेको छ।

पत्रकार सम्मेलनमा संघले फागुन १५, १६ र १७ मा राष्ट्रिय सम्मेलन हुने, सम्मेलनको उद्घाटन फागुन १५ गते टुँडिखेलमा हुने र बन्द सत्र गंगबुमा हुने जानकारी दिएको छ। सम्मेलनमा ६९ जिल्ला शाखा, ६ भ्रातृ संगठन, वैदेशिक शाखालगायतबाट ५०० प्रतिनिधि सहभागी हुने जनाइएको छ।

मगर संघको स्थापान २०३९ फागुन १५ गते भएको थियो। सोही दिनलाई मगर समुदायले मगर दिवसको रूपमा मनाउँदै आएको छ |

थाहखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution