हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नर्भिकका डाक्टरले विरामीको देब्रे खुट्टा चिर्नुपर्नेमा दाहिने चिरे ,लापरवाहीको नि हद हुन्छ नि !

काठमाडौं, फागुन १२ – मानवीय त्रुटिका नाममा कसैले कतिसम्म लापरवाही गर्न मिल्छ ? अझ नागरिकको प्रत्यक्ष जीवनसँग सरोकार राख्ने चिकित्सकको लापरवाही कतिसम्म स्वीकार गर्ने । भगवानको रुपमा हेरिने चिकित्सकको हातमा हरेक नागरिकको जीवन अडिएको हुन्छ । भगवान सरहका डाक्टरको पूर्ण विश्वासमा साथ विरामी र विरामीका आफन्तले कसैको जीवन उसैको भरमा छाडछन् ।

अति संवेदनशिल पेशाको रुपमा रहेको यो डाक्टरी पेशामा हुने सानो लापरवाहीले कसैको जीवन तथा घरपरिवार नै तहसनहस हुनसक्छ । यस्तै संवेदनशील कार्य भएका कारण नै यो पेशा अँगाल्नेलाई आम नागरिकले भगवान मानेका हुन् । हो प्रयास गर्दागर्दै भवितव्य आउने कुरालाई सजिलै स्वीकार गर्न सकिन्छ तर  प्रयास नै गलत भैरहेको छ भने त्यसलाई कसरी स्वीकार गर्ने ? भूलवश हुन गएको भन्दै कहिलेसम्म अस्पताल प्रशासनसम्म धाउने विरामीका आफन्तले ? कहिले विरामीको पेटमै कैँची त कहिले कपडा, कहिले एउटा हातको अपरेशन गर्नुपर्नेमा अर्कै हातको अपरेशन । यस्ता घटनाहरु बारमबार दोहोरिरहेका छन् । त्यो पनि देशकै सुविधासम्पन्न कहिलएका अस्पताल तथा वरिष्ठ भनाउँदा चिकित्सकहरुबाट ।

फेरि यस्तै घटना सार्वजनिक भएको छ नर्भिक अस्पतालको लापरवाहीको । भगवान मानिएका चिकित्सकको गम्भीर लापरवाही काठमाडौंको नर्भिक अस्पतालमा देखिएको छ । नर्भिक अन्तराष्ट्रिय अस्पतालका डाक्टरले उपचारका क्रममा देब्रे खुट्टा अपरेशन गर्न भन्दै भर्ना भएकी विन्दु पौडेलको दाहिने खुट्टाको घुँडाको अपरेशन गरेको छ ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ८ की ३८ वर्षीया पौडेल लिगामेन्ट च्यातिएका कारण उपचार गर्न नर्भिक अस्पताल जानुभएको थियो । देब्रे खुट्टाको लिगामेन्ट च्यातिएर राम्रो उपचारका लागि भरतपुरबाट काठमाडौं आउनुभएकी पौडेलले डाक्टरको लापरवाहीका कारण दुःख पाउनु भएको छ । त्यति मात्रै होइन, एउटा खुट्टाको उपचार गराएर निको भएर फर्कने आशामा काठमाडौं आउनुभएकी उहाँलाई अब अर्को खुट्टको समेत उपचार गर्नु पर्ने भएको छ । खुट्टाको लिगामेन्ट अपरेशन सायद हतारमा गर्नुपर्ने अप्रेशन थिएन होला ।

अपरेशनको जिम्मेवारी लिएका डाक्टर पनि अपरेशन कक्षमा खासै हतारो देखाउनुपर्दैन होला ! आँखा चिम्लेर जहाँ पायो त्यही चिर्नुपर्ने । अपरेशन कक्षमा रहेको टीमले सल्लाह गरेर विरामीलाई ठूलो असर नपर्ने गरेर खतरामुक्त समयमा विरामीको अपरेशन गर्नुपर्ने नर्भिक अन्तराष्र्टिय अस्पतालका डाक्टर प्रविण नेपालले भने कतिसम्मको लापरबाही देखाउनुभयो, विरामीको विमार नै मेसो नपाइ देब्रे खुट्टाको साटो दाइने खुट्टा चिर्नुभयो । अझ कतिसम्म व्यस्तता डाक्टरको भने विरामी समस्या लिएर एकैछिनमा भेटन जाँदा डाक्टर त निस्किसक्नुभएको रहेछ ।

आफूले अपरेशन गरेको विरामीको अपरेशनपछि स्वास्थ्य अवस्था कस्तो होला भनेर उहाँ फलोअपको लागि पनि अस्पतालमा बस्नुपर्ने कि नाइँ ? चरम लापरवाही देखिएको छ नर्भिक अस्पताल र डा. प्रविण नेपालको ।

हाम्रो नीति नियम पनि अजिव छ । एउटा खुट्टाको अपरेशन गर्नुपर्ने ठाउँमा समस्या नै नदेखिएको खुट्टामा अप्रेशन गर्ने डाक्टरलाई अस्पतालले पनि सहजै छुटकारा दियो । यो घटनामा विरामीका आफन्तले पनि गम्भीर लापरवाही देखाएका डाक्टरलाई सम्झौतामा नै छाडे । त्यो पनि दुवै खुट्टाको उपचार निःशुल्क गर्ने सहमतिमा ।

जिम्मेवार संस्थाले गम्भीर लापरवाही गर्ने डाक्टरलाई बर्खास्त गर्नुपथ्यो की नाइँ ? अनि अस्पताल प्रशासनले पनि लापरवाही गर्ने डाक्टरलाई कारवाही गर्ने कि विरामीका आफन्तलाई आर्थिक प्रलोभनमा पारेर घटनाको ढाकछोप गर्ने ? गम्भिर प्रश्न उब्जिएको छ ।

संवेदनशील पेशामा आवद्ध डाक्टरले विरामीको उपचारमा लापरवाही गर्दै जाने अनि विरामीको मृत्यु भएमा पनि त्यस्ता डाक्टरलाई छाडदै जाने हो भने नेपालको स्वास्थ्य संस्थाप्रतिको विश्वास कहाँ पुग्छ ? कहिलेसम्म डाक्टर र अस्पतालका मानवीय त्रुटिलाई सर्वसाधारणले सहँदै जाने ?  उज्जायालो अनलाइनबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution