हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

पत्रकारिता र मिडियाका चुनौतीहरू – बिजय कुमार

‘साप्ताहिक मञ्च’बाट पत्रकारिता सुरु गर्दा, चल्तीका दुई वाक्य मैले पनि कण्ठस्थ गरेँ। पहिलो– पत्रकारिता समाजको ऐना हो। दोस्रो– ‘साप्ताहिक मञ्च’ राष्ट्रको सम्पत्ति हो। आज त्यो सम्झेर हाँसो उठ्छ, रमाइलो लाग्छ।

पत्रकारिताको रिपोर्टिङ पाटो समाजको ऐना होइन, क्यामेरा मात्र हो। ऐनामा त्यो सब देखिन्छ जो ऐनाको अगाडि हुन्छ। ऐना भनेको ‘साक्षीभाव’को, प्रतीक हो। ऐनाको आफ्नो कुनै निजी ‘चयन’ हुँदैन। अगाडि जे पर्यो, त्यो देखाउँछ ऐनाले।

क्यामेरा त्यस्तो होइन। क्यामेराले त्यति मात्र देख्छ, जति त्यसलाई देखाइन्छ। गहिरोगरी हेरे थाहा हुन्छ, पत्रकारिता ऐना होइन, क्यामेरा हो। कुन ठाउँतिर क्यामेरा फर्काउने वा नफर्काउने ? भन्ने निर्णय पत्रकार वा सम्पादकले गरिरहेको हुन्छ। त्यस अर्थमा पत्रकारिता– समाजको ऐना होइन, क्यामेरा मात्र हो।

तीसौं वर्षअघि, हाम्रा एक अग्रज यो पनि भन्थे, ‘हाम्रो साप्ताहिक मञ्च राष्ट्रको सम्पत्ति हो।’ यसो भनिरहँदा उनी निकै सिरियस भएर बोलिरहेका हुन्थे। त्यसताक, उनी पनि, हामी पनि फुङ्गा थियौं। मलाई लाग्थ्यो, फुङ्गापन नै हाम्रो श्रीसम्पत्ति भएपछि, के–को भागबन्डाको कचकच ? शून्यको जति भाग लगाए पनि के फरक पर्छ र ? सम्पत्ति राष्ट्रकै नाममा नामसारी गरे भइगयो नि ! आखिर, बाँड्नुपर्ने होइन।

आज स्थिति त्यस्तो होइन। आजकल हामी वैश्य युगमा छौं। वैश्य युग अर्थात् बजारको युग। यसबारे मैले यही स्थानमा गत शनिबार अलि विस्तृतमा लेखिसकेकाले यो टिप्पणी त्यसैको निरन्तरतामा पढ्न अनुरोध छ।

अपवादबाहेक, आज समाजका हरेक अंग ‘वैश्य युग’का सह–उत्पादन भएका छन्। यो युगमा चप्पल कारखाना चलाउनु र मिडिया सामग्री उत्पादन गर्ने फ्याक्ट्री चलाउनु, लगभग एकै कुरा भएको छ। यस अर्थमा चाहिँ सञ्चार गृहहरू पनि राष्ट्रका त्यत्तिकै सम्पत्ति हुन्, जति हाम्रा चप्पल कारखानाहरू वा अन्य कारखाना हुन्। जुत्ता–चप्पल कारखानाका उत्पादन र सञ्चारगृहका उत्पादनहरूको आ–आफ्नै महत्व र प्रभाव क्षेत्र छ।

व्यावहारिक रूपमा चाहिँ, कुनै पनि कारखाना राष्ट्रको सम्पत्ति कहलिनको निम्ति त्यो कारखानाको सेयर स्टक बजारमा सर्वसाधारण जो कोहीले खरिद–बिक्री गर्न पाउने हैसियतमा हुनुपर्छ भन्ने सामान्य ज्ञानको विषय हो।

मिडिया शब्दको उत्पत्ति ल्याटिन भाषाको आधार शब्दबाट हुन्छ। जसको अर्थ हुन्छ– बीचको तह। मिडियम याने माध्यम। पुरानो समयमा छापा, रेडियो र टेलिभिजन uसंस्थाहरूसँग ‘मिडियम’को एकाधिकार थियो। अब त्यो स्थिति रहेन। हुन त अहिले पनि छापा, रेडियो र टेलिभिजन चलाउने शक्तिशाली सञ्चारगृहको संख्या संसारमा यथेष्ट छ। तर, जसरी आजको विश्व एकध्रुवीय रहेन, त्यसैगरी सञ्चारगृहहरूको प्रभाव पनि बहु–केन्द्रमा विभाजित भएको छ, संसारभरि।

बढ्दो जनसंख्या, फरक–फरक स्वार्थ र अलग–अलग स्वादका मान्छेले भरिएको संसारमा यसो हुनु स्वाभाविक नै थियो। त्यसैले आजको पाठक, दर्शक र श्रोतालाई लामो समयसम्म अल्मल्याउन त्यति सजिलो छैन, जति हिजोका दिनमा थियो।

आजको सचेत पाठकले एक सीमापछि, शंका गर्न थाल्छ, जसलाई उसले पत्रकार ठानेको छ, कतै त्यो मान्छे पत्रकारको साटो वकिल त होइन ?

वकिल आफैंमा सम्मानित पेसा हो तर जब पत्रकार वकिलको झैं एकोहोरो पैरवी गर्न थाल्छ तब ऊ पत्रकार रहँदैन। न्यूनतम साक्षीभावको अनुपस्थितिमा मान्छे विश्लेषक हुन सक्छ, एक्टिभिस्ट हुनसक्छ, पत्रकार शब्दको हकदार हुँदैन। ऊ वकिलमा रूपान्तरित हुन्छ। अथवा हरेक विषयमा ‘मिडिया इजलास’ खडा गरेर फैसला दिएर ‘धर्माधिकारी’ बन्ने रहर उसमा जाग्न सक्छ। समाजका कुरीति र विसंगति पर्दाफास गर्नु एउटा कुरा हो, आफैंलाई ‘धर्माधिकारी’ ठान्नु नितान्त भिन्न कुरा हो। पहिलो कर्म पत्रकारको कर्तव्य हो, दोस्रो क्षेत्राधिकार उल्लंघन हो। यी दुईबीचको सीमारेखाको निर्धारण ‘विवेक’ले गर्छ।

सोरेन किर्कगार्डले उहिल्यै भविष्यवाणी गरेका थिए, ‘अध्ययन, विचार र सिर्जनात्मकताको स्वतन्त्रता हासिल नगरीकनै स्वच्छन्द वाक स्वतन्त्रताको खोजीले समाजमा धेरैखाले जटिलता उत्पन्न गर्नेछ।’ आज पत्रकारिता, सोसल मिडिया आदि विषयमा आलोचनात्मक छलफल विश्वव्यापी स्तरमा सुरुवात हुनु पनि यही जटिलताको परिणाम हो।

के हामी अर्थहीन, सारहीन र सौन्दर्यहीन राजनीतिक तर्क–वितर्क र कुतर्कको भागबाट दुई–चार गाँस काटेर समाजका सकारात्मक पक्षहरू उजागर हुने पत्रकारिता पनि गर्न सक्छौं ? वा गर्ने क्षमता राख्छौं ?

कर्तव्यबिनाको अधिकार, उत्पादनबिनाको वितरण, योग्यताबिनाको आकांक्षामा आधारित पत्रकारिताले हामीलाई चेतनाको नाममा उत्तेजना त यथेष्ट दिन सक्छ तर आमजनताको मुखमा माड लगाउने काम कदापि गर्न सक्दैन। एसियाको दोस्रो गरिब राष्ट्रको हाम्रो हैसियत पनि कदापि  बदल्न सक्दैन।

नेपाल किन बनेन ? भन्ने प्रश्नले वैश्य युगमा अर्थ राख्दैन। त्यसबारे यथेष्ट बुद्धिविलास भई नै सकेको छ, विगतमा। ‘यसरी बन्छ नेपाल !’ भन्ने जवाफ मात्र चिन्छ वैश्य युगले। जवाफ सजिलो छैन। किनभने कुनै पनि मौलिक प्रश्नको, आमजनताले समेत बुझ्ने जीवन्त जवाफ, उधारो ज्ञानबाट सम्भव छैन।

नयाँ जनादेशअनुसार नयाँ सरकार आएको छ। विकास र समृद्धिको कुरा गरेको छ। बाइबलमा एउटा भनाइ छ, ‘पुरानै तौरतरिका र आनिबानी कायमै राखेर, नयाँ नतिजा अपेक्षा गर्नु मूर्खता हो।’

यो चुनौती पत्रकारिताको हकमा पनि त्यत्तिकै लागू हुन्छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution