सिंहदरवारमा संसदीय दलको नेता छान्न काँग्रेस गृहकार्यमा,कसले बाजि मार्ला ?
काठमाडौं। नेपाली काँग्रेसका तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुको वैठक आज संसदीय दलको कार्यालय सिंहदरवारमा बस्दै छ।
कार्यसम्पादन समितिको वैठक स्थगित भएपछि बोलाइएको सांसदहरुको वैठक संसदीय दलको नेता छान्ने मिति तय गर्ने र संसदीय दलको विधान तयार गर्ने बिषयमा केन्द्रीत हुने बताइएको छ। आइतवार बस्ने केन्द्रीय समितिको वैठकबाट पारित गर्ने गरि संसदीय दलको विधान तयार गर्ने एजेण्डा पनि सांसदरुको वैठकमा उठ्ने बताइएको छ।
नेपाली काँग्रेसको माघमा सम्पन्न केन्द्रीय समितिको वैठकले देशभरका मातहतका समितिहरुलाई चुनावको समिक्षा गर्दै त्यसको प्रतिवेदन केन्द्रमा पठाउन एक महिनाको समय दिएर निर्देशन पठाइएको थियो। सो प्रतिवेदन प्राप्त भएपछि केन्द्रीय समितिको वैठक बस्ने बताइएको थियो। आइतवार बस्ने केन्द्रीय समितिको वैठकमा मातहतका समितिहरुबाट प्रतिवेदन प्राप्त भएको नभएको केहि नबताइएपनि संसदीय दलको विधान संसोधान गर्ने लगायतका विषयमा चर्चा हुने बताइएको छ।
शनिवार बसेको सांसदहरुको वैठकले विधानका बारेमा छलफल गर्नुका साथै संसदीय दलको नेता छान्ने मिति समेत तय गर्ने बताइएको छ।