पोखरामा १९ औ अन्तराष्ट्रीय मातृभाषा दिवस मनाईयो

पोखरा – लोकोत्तर लोकवादी विचार अभियान पोखरा द्वारा १९ औ अन्तराष्ट्रीय मातृभाषा दिवस- २०१८ को उपलक्ष्यमा “सभ्यता निर्माणमा भाषाको देन नामक शिर्शक”मा बिमर्श कार्यक्रमका सम्पन्न गरेको छ|
प्रवर्तक धनप्रसाद तामाङको अध्यक्षता नेफिन कास्की अध्यक्ष धर्म तमुको विशेष उपस्थिति सहजकर्ता तमु प्राज्ञिक मन्चका पूर्व अध्यक्ष सुन्दर गुरुङ , प्रा.डा. गेहेन्द्रमान उदास र प्रा. मन बहादुर गुरुङको सहजिकरण साथै मगर र तामाङको रचना वाचन सहित कार्यक्रममा विभिन्न आदिवासी जनजाति अगुवाहरु वसन्त थकाली , पूर्ण लामा हेल्मो , रुद्रबहादुर थापा मगर , गिरीप्रसाद गुरुङ , श्याम बहादुर तामाङ र कुलबहादुर भुजेलले महत्वपूर्ण विचार पोखेका थिए ।
कार्यक्रम विचार अभियानका अभियन्ता दिपक वाईबाले सन्चालन गरेका थिए ।