आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

आज फेब्रुअरी २१ अन्तर्राष्ट्रिय मातृभाषा दिवस हो | सन् १९५२ मा बंगलादेशमा मातृभाषा (बंगाली भाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्ने विद्यार्थी मारिएको दिनको संस्मरणमा यो दिवस मनाइने गरिन्छ ।
त्यसबेला बंगलादेशलाई पूर्वी पाकिस्तान भनिन्थ्यो । सन् १९९९ नोभेम्बर १७ देखि युनेस्कोले पनि यस दिनलाई विशेष दिनका रूपमा स्विकार गरेको थियो ।
पछि सन् २००० मा संयुक्त राष्ट्र संघले समेत यस दिनलाई मातृभाषा दिवसका रुपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो । बंगलादेशमा भने अहिले पनि आजको दिन राष्ट्रिय विदा दिने गरिन्छ ।