यस्तो छ एमाले माओवादीबीच मन्त्रालयको बाँडफाँटको हिसाब

अब कायम हुने १५ मन्त्रालय मध्ये एमालेले ८ र माओवादी केन्द्रले ५ मन्त्रालय लिने दुई दलबीच मोटामोटी सहमति छ। दुई मन्त्रालय भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग सरकारमा सहभागिताबारे छलफल भइरहेको भन्दै तत्काल बाँडफाँट हुने छैन। कायम भएका १५ मन्त्रालयलाई बढाएर १८ पुर्याउने कसरत पनि गरिएको छ।