हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

स्मार्ट (सुन्दरि) सांसद नरमाया अचानक चर्चामा, विवादमा तानिएपछि बोलिन्

काठमाडौं–राजनीति वृतमा नामै नसुनिएकी नरमाया ढकाल राजपा नेपालबाट समानूपातिक सांसद भइन् र अचानक चर्चामा आइन् । तर, उनी को हुन् भन्नेसम्मको विस्तृत समाचार चाहिँ बाहिर आएन ।
उनले सांसद पद प्राप्त गर्नुलाई विभिन्न कोणबाट पनि ब्याख्या भयो ।
आफुमाथि उठेका अनैकौ प्रश्नको सांसद ढकालले एक अन्तर्वार्ता मार्फत जवाफ दिएकी छिन् ।

बुधवार एक साप्ताहिक पत्रिकाले सांसदहरुले चाहिँ स्मार्ट हुनै नमिल्ने हो र ? शीर्षकमा उनको अन्तर्वाता छापेको छ ।

अन्तर्वार्ताका केही प्रश्न उत्तर यस्ता छन्

नरमायाजी, तपाईंकै नाम त यूनिक छ नि है ?

अहिलेको अबस्थामा नाम त यूनिक नै सुनिन्छ, पुराना धेरै कुरा अहिले यूनिकझै लाग्छन् । मेरो नाम पनि पुरानो जमानाको हो । बुबा आमाले राखिदिनुभएको नाम मलाईचाहिँ राम्रो नलागेर परिवर्तन गरेकी हुँ । मेरा दाजुहरुको नाम प्रदीप र प्रल्लाह भएकाले मैले पनि आफैले चाहिँ प्रज्ञा राखेँ । घर परिवार र साथीहरुले प्रज्ञा भनेर चिन्छ |

तर, अव सवैले नरमाया ढकाल भनेर चिन्ने भए है ? 

हो, नागरिकतामा नरमाया भएपछि मेरो औपचारिक नाम त नरमाया नै हुने भयो ।

तपाईंको नाम पनि प्रचण्डका जस्तै धेरै भएछन् होइन ?

हासो, उहाँको बारेमा त मलाई थाहा भएन, मेरो त खै अब यस्तै नै भन्नुपर्यो ।

अलिकृष् पृष्ठभूमि बताइदिनुस् न ? 

म २०३८ मा धनगढीमा जन्मिएकी हुँ । बुबा सरकारी कामको सिलसिलामा सूदुरपश्चिममा रहदाँ त्यहीँ जन्मिए । बर्दियाँमा हुकिएँ, पछि स्याङ्जामा बसोवास भयो । मेरो दाजु प्रदीप ढकाल अहिले पशुपति विकास कोषका सदस्य सचिव हुनुहुन्छ । उहाँले हिन्दूधर्ममा शान्तिको अवधारणामा पीएचडी गर्नुभएको हो । दुई दाजुहरुको म एक्ली बहिनी, उहाँहरुले सधै मलाई केही गर्नका ला िउत्साह दिनुभयो । दाजुहरु प्रल्लाद र प्रदीप म जुन क्षेत्रमा लागेँ म सफल हुँ भन्ने चाहनुहुन्छ । भाउजु पनि मेडिकल डाक्टर हो । श्रीमान विष्णु लामिछाने फर्निचर व्यावसायी हुनुहुन्छ । परिवारका सवै सदस्य कुनै न कुनै व्यावसायीक जीवनमा छौँ ।

राजनीतिमा प्रवेश चाहिँ कसरी भयो ? 

राजेन्द्र महतो स्वास्थ्यमन्त्री हुनुभएको बेला उहाँसँग पोखरामा भेट भयो । आफु संलग्न संस्थामार्फत स्वास्थ्यसम्बन्धी कुनै कामको शिलशिलामा उहाँसँग कुराकानी भएको थियो । उहाँले तपाईंले राम्रो काम गर्नुभएको रहेछ भनी मेरो कामको प्रशसा गर्नुभयो । निश्यन नै कामको प्शसा गर्दा खुसी लाग्छ नै । म प्रेरित भएँ र उहाँसँग त्यतिबेलै भनेँ कि हजुरहरुले अवसर दिनु भये अझै धेरै काम गर्न सक्छु होला । त्यसबेला देखि नै सम्पर्कमा रहेर काम गर्दै आएको हुँ ।

आफु सांसद बन्छु या बन्नुपर्छ भन्नेचाँहि तपाइको दिमागमा कहिलेदेखि आएको हो ?

त्यस्तै एक वर्षजति भयो होला  ।

नेताहरुले वचन पनि दिएका थिए त्यतिवेला ?

त्यस्तो थिएन । अहिले समानुपातिकमा दलले नाम राख्ने बेला भएपछि मात्रै मेरो नाम पनि लिष्टमा परेको हो । पार्टीको सदस्यता पहिल्यै लिएकी थिँए । नेता राजेन्द्र महत्तोले मेरो नाम राख्नुभएको हो । खस–आर्यबाट कसै न कसैलाई ल्याउने पर्ने थियो । उहाँले मलाई राख्नुभयो, पार्टीले स्वीकार गर्यो । मैले पार्टी र मुलुकलाई केही गर्न सक्छु भनेर नै उहाँले मलाई ठाउ दिनुभएको हो, मैले सकेको कोसिस गर्छु ।

तपाईंले त २ करोड खर्च गरेर सांसद पद खरिद गरेको हल्ला चलेको छ नि ?

मैले पनि सुनँे, अचम्म लाग्यो । म एउटा सामान्य सामाजिक कार्यकर्ताको रुपमा लागिरहेको मान्छेसँग कहाँबाट हुन्छ २ करोड ?

म त आफुसँग अलिकति ब्यालेन्स हुनेवित्तिकै दुःखीपीडितलाई सहयोग गर्ने मान्छे हुँ । अनि कसरी २ करोड पुग्छ,मसँग र पार्टीलाई दिनु ? म आफै डेरामा बस्छु । कहाँबाट ल्याउनु त्यति धरै पैसा ? अघि नै भने हामी साधारण व्यवसायीक परिवारका मानिस हौँ । आफ्नै दुःख सुख गरेर आत्मसम्मानित जीवन बाँचिरहेका छौँ । पैसाको कुरा गलत हो , रातोपाटोबाट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution