बसले किचेर नेपाल विद्यार्थी संघका नेता तामाङको निधन

काठमाडौं। नेपाल विद्यार्थी संघका एक नेताको मंगलवार साँझ सवारी दुर्घटनमा निधन भएको छ।
वालाजु नेपालटारस्थित एन आर कलेजका नेविसंघ इकाइ सचिव चन्द्र बहादुर मोक्तानको सवारी दुर्घटनामा परि घटनास्थलमै मृत्यु भएको हो।
वालाजुको २३ नम्वर रुटमा चल्ने बा ३ ख २६१३ नम्वरको मिनि बसले बाइकमा सवार मोक्तानलाई ठक्कर दिइ किच्दा उनको घटनास्थलमै निधन भएको नेविसंघका केन्द्रीय सदस्य शुसिल भट्टले जानकारी दिएका छन्।
बसले किचेका मोक्तानलाई प्रहरी आएपछि मात्र निकालिएको थियो। थोरै धुकधुकी जस्तो बाँकी रहेको आसमा मोक्तानलाई ग्राण्डी अस्पताल पुर्याएपनि त्यहाँ उनको पहिले नै मृत्यु भइसकेको डाक्टरहरुले बताएका थिए |
घटना भएलगत्तै प्रहरीले बस तथा बसका चालकलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त बालाजु चौकीमा राखेको छ।
सवारी चलाउने लाइसेन्स ज्यान मार्ने लाइसेन्स जस्तो वटुवा र अन्य सवारी साधन माथि चढाउने कार्यको आफूहरु विरोधमा उत्रने नेविसंघले जनाएको छ।
सामान्य दुर्घटना मात्र भएको वाइक र त्यसमा सामान्य घाइते भएका मोक्तानलाई जवर्जस्ती बस चढाएर मारेको स्थानियहरुले बताएका छन्।
आक्रोशित विद्यार्थीहरुले विद्यार्थीको ज्यान लिने चालकलाई कर्तव्य ज्यान मुद्धा लगाउनु पर्ने माग राख्दै विरोध प्रदर्शनमा उत्रने नेबिसंघका नेता भट्टले बताए। बुधवार विहान नेपालटार बालाजुमा बिहान सात बजेबाट बिरोध प्रदर्शन गर्ने उनले बताए।