बिराट पेट्रोलियमलाई इन्धन ल्याउन अनुमति
कार्तिक १७, २०७२- नेपाल आयल निगमले बिराट पेट्रोलियमलाई इन्धन ल्याउन स्वीकृती दिइएको छ । निगमले इन्धन आपूर्तिका लागि आह्वान गरेको आशयपत्र मध्ये बिराटलाई मात्र स्वीकृती दिएको हो । निगमले सुचना प्रकाशित गरेपछि स्वदेशी तथा बिदेशी गरी २२ वटा कम्पनीले दर्ता गराएका थिए । ‘इन्धन आपूर्तिका लागि दर्ता गराएका मध्ये एउटा -बिराटलाई) स्वीकृती दिइएको छ,’ निगमका निर्देशक मुुकन्द घिमिरेले भने, ‘ इन्धन ल्याउनका लागि कम्पनीसँग सम्झैाता पनि भइसकेको छ ।’ निगमका अनुसार बिराटले भारतको सिलगुडीबाट इन्धन ल्याउने प्रतिवद्धता जनाएको छ ।
आवेदन परेका २२ मध्ये बिराटलाई मात्रै अनुमति दिइ प्रतितपत्र खोल्न दबाव दिइएपछि निमित्त निर्देशक दिपक बरालले मानेका थिएनन । निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खडकाले आपmनो निर्देशन नमानेपछि बराललाई वितरण प्रमुखबाट हटाएको एक अधिकारीले जनाए । त्यसपछि प्रतितपत्र खोल्न बिराटलाइ अनुमति दिइसकिएको स्रोतले वतायो ।
इन्धनको चरम अभाव भएपछि सहज नभएसम्म हवाई इन्धन, पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यास जुनसुकै देश र जुनसुकै मार्गबाट ल्याएर आपूर्ति व्यवस्थालाई सहज बनाउन मन्त्रिपरिषद्ले निगमलाई जिम्मा दिएको थियो । सोही अनुसार निगमले आशयपत्र प्रकाशित गरेको थियो । बिराटलाई महँगो मुल्यमा पेट्रोल र डिजेल ल्याउन अनुमती दिइएको हो । बिराटले हालको मुल्यभन्दा झण्डै दोब्बरमा इन्धन आपुर्ति गर्ने प्रस्ताव हालेको छ ।
निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खडकाले भने दर्ता गराउने सबै कम्पनीलाई इन्धन ल्याउन भनेको बताए । बिराटको निजी कम्पनीको लाइसेन्स भएकाले ती कम्पनीलाई अनुमती दिएको उनले बताए । ‘इन्धन आयात गर्न कम्पनीको लाइसेन्स अनिवार्य छ । बिराटले नीजि कम्पनी भनेर बाणिज्य विभागमा दर्ता समेत गरेको छ,’ उनले भने, ‘जसले गर्दा बिराटलाई अनुमती दिएका छौ ।’ खडकाका अनुसार भन्सार लगायतमा तिर्नुपर्ने रकम सबै आयत गर्ने कम्पनीले ब्यहोर्ने छ । इन्धन नेपाल भित्रिएपछि निगमले खरिद गरी बितरण गर्ने छ ।