हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

माओवादी केन्द्रको तर्फबाट मन्त्रीको लागि चर्चमा रहेका नेताहरु ,भोलि सरकारमा मन्त्रि पठाउने तयारी

काठमाडौं- माओवादी केन्द्रले पार्टी एकताको निर्णयसँगै नयाँ सरकारमा मन्त्री पठाउने तयारी गरेको छ। एकता प्रक्रिया सकारात्मक नतिजा उन्मुख देखिएको बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बन्न तयारी अवस्थामा रहन आफ्ना निकटकालाई निर्देशन दिएका छन्। अध्यक्षको आश्वासनसँगै माओवादीका धेरै नेताले सपथका लागि दौरा सुरुवाल तयार पारिसकेका छन्।

एकीकृत पार्टीको निर्णय गरिए पनि केपी ओली नेतृत्वको वर्तमान सरकारमा माओवादी प्रमुख सत्ता साझेदार दलको रुपमा प्रवेश गर्नेछ। मुख्य सत्ता साझोदरको हैसियतामा माओवादीले गृह लगायतका केही शक्तिशाली मन्त्रालय हात पार्नेछ।

अध्यक्ष दाहालले नयाँ सरकारमा माओवादीको नेतृत्व गर्ने व्यक्तिको विषयमा विशेषत: दुई मापदण्ड तयार गरेका छन्। ओली नेतृत्वको सरकारमा माओवादीले अवसर नपाएकालाई पहिलो प्राथमिकतामा राख्ने बताएको छ। माओवादीबाट नेतृत्व गर्ने विषयमा अध्यक्ष दाहालले पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने व्यक्तिले सामान्य मन्त्रालय लिनुपर्ने स्पष्ट पारिसकेका छन्।

माओवादीबाट सरकारको नेतृत्व रामबहादुर थापा बादलले गर्ने निश्चित देखिएको छ। माओवादीको संगठन विभाग प्रमुख समेत रहेका बादलले पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने इच्छा समेत देखाएका छन्। अध्यक्ष दाहालले राष्ट्रियसभामा बादललाई ल्याउनुमा पार्टीको तर्फबाट सरकारमा पठाउने उद्देश्य लुकेको माओवादी नेताहरु बताउँछन्। वरिष्ठताका आधारमा समेत बादलले दाबी गरेको स्थितिमा अन्य नेताले दाबी गर्ने स्थिति नरहेकाले समेत नयाँ सरकारमा माओवादीको नेतृत्व बादलले गर्ने निश्चित देखिएको हो।

मन्त्रीका अर्का दाबेदार हुन्, मातृका यादव। प्रतिनिधिसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर १ बाट निर्वाचित यादव मधेसमा माओवादीका सबैभन्दा ठूला नेता हुन्। माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि पार्टी नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेकपा माओवादी गठन गरेर छुट्टिएका यादव अन्तिममा माओवादी केन्द्रको एकीकरण प्रक्रियामा जोडिएका हुन्। वैचारिक रुपमा स्पष्ट र इमानदार नेताका छवि बनाएका यादवलाई मन्त्री बनाउन माओवादी अध्यक्ष दाहाल समेत सकारात्मक छन्।

माओवादी केन्द्रभित्र चन्द्र खनाल बलदेव अवसर नपाएका केही ठूला नेताभित्र पर्छन्। तत्कालीन जनमुक्ति सेनाको डेपुटी कमाण्डर रहेका बलदेव माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि राजनीतिक पदको लाभमा बस्ने कमै मात्र अवसर पाए। माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्रीमा रहँदा राजनीतिक सल्लाहकारको नियुक्ति पाएका बलदेव यसपटकको नयाँ सरकारमा माओवादीका प्रबल दाबेदार हुन्।

पम्फा भुसाल माओवादीबाट मन्त्री बन्ने अर्को नाम हो। भुसाल प्रतिनिधिसभा निर्वाचनमा ललितपुर ३ बाट निर्वाचित भएकी थिइन्। पार्टी अध्यक्ष दाहालले मन्त्री मण्डलमा पठाउने पहिलो सूचीमा भुसालको नाम निश्चित जस्तै बनेको छ।

देवेन्द्र पौडेल माओवादीभित्र नेता बाबुराम भट्टराई पक्षधर नेता थिए। माओवादी छाडेर बाबुरामले नयाँ शक्ति निर्माण गर्ने अभियानमा पौडेलले साथ पनि दिए। नयाँ शक्तिले राष्ट्रिय राजनीतिमा आफ् औचित्य र हैसियत पुष्टि गर्न नसकेपछि पौडेल माओवादीका धेरै नेता लिएर माओवादीमै फर्किए। लगत्तै प्रतिनिधिसभा निर्वाचनमा बाग्लुङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका पौडेललाई मन्त्री बनाउन माओवादी अध्यक्ष दाहालसमेत सकारात्मक छन्।

माओवादीबाट सरकारमा जाने इच्छा वर्षमान पुन र टोपबहादुर रायमाझी लगायतका नेताहरुले समेत देखाएका थिए। तर सभामुखमा ओनसरी घर्ती दोहरिने सम्भावना देखिएपछि वर्षमानले मन्त्रीको नेतृत्वमा दाबी नगर्ने मनसाय देखाएका छन्। बाबुरामले पार्टी छाडेपछि माओवादीभित्र एक्लिएका रायमाझी समेत राम्रो मन्त्रालय लिएर नयाँ सरकारमा जाने दाउमा देखिएका छन्।

माओवादीभित्र सत्ताका दुई प्रमुख खेलाडी जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतलाई पार्टी अध्यक्षले कसरी मनाउलान्, सबैको चासोको विषय छ।

पार्टी एकतामा उल्लेख्य भूमिका खेलेको भन्दै अध्यक्ष दाहालले नयाँ सरकारमा जनार्दनलाई पठाउन चाहेका छन्। तर लगातार र गृह मन्त्रालय सम्हालेका शर्मालाई सरकारमा नपठाउन पार्टीभित्रै ठूलो दबाब छ। गृहमन्त्री भइसकेका अर्का नेता बस्नेत समेत नयाँ सरकारमा शक्तिशाली मन्त्रालय लिएर जाने लबिङ गरिरहेका छन्।

माओवादीले भोलि नयाँ सरकारमा मन्त्रीहरुको सिफारिस गर्दैछ। स्रोतका अनुसार भोलि मन्त्रीहरुलाई सपथ खुवाउने तयारी प्रधानमन्त्री केपी ओलीले गरेका छन्।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution