हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

पुर्बप्रधानमन्त्री झलनाथ खनालको छोराका कारण गौतम बुद्ध विमानस्थल निर्माणमा समस्या,अब एडीबीले सहयोग के गर्ला ?

काठमाडौं – पुर्बप्रधानमन्त्री झलनाथ खनालको छोराका कारण गौतम बुद्ध विमानस्थल निर्माणमा संकटमा आएको गौतम बुद्ध विमानस्थलमा एडीबीले सहयोग के गर्छ?
काठमाडौं। डिसेम्बर १९, २०१७ मा एसियाली विकास बैंक (एडिबी)का नेपालस्थित आवासीय मिसन प्रमुख मुख्तोर खामुदखानोभले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमको नाममा एउटा पत्र पठाए।

दुई पाना लामो पत्रको आशय थियो अहिलेकै प्रगतिको अवस्था कायम रहे गौतम बुद्ध विमानस्थल निमार्णका लागि थप ऋण लगानी गर्न सकिँदैन।
खामुदखानोभले लेखेका छन्, ‘नोभेम्बर १ देखि १५ सम्ममा आयोजनाले ४ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य राखिएकोमा जम्मा ०.५ प्रतिशत र नोभेम्बरमा ६.५ प्रतिशत प्रगति गर्ने लक्ष्य राखिएकोमा जम्मा ०.९ प्रतिशत मात्रै प्रगति हासिल भएको छ।’

यस्तै उनले थपेका छन्, ‘२०१७ को अप्रिलदेखि डिसेम्बरसम्ममा ५.३ प्रतिशत प्रगति देखिएको छ, यो अवधिमा ४९ प्रतिशत प्रगतिको लक्ष्य राखिएको थियो। यस्तो अवस्थामा डिसेम्बरसम्ममा प्रगति सन्तोषजनक नभए थप ऋण दिन सक्ने अवस्था रहँदैन।’ मुख्य दाता एडिबीले यस्तो चेतावनी दिएसँगै गौतम बुद्ध विमानस्थल निर्माणको काम कसरी अघि बढ्छ भन्ने अन्यौल देखिएको छ।

 

यो बीचमा आयोजनाका लागि दिइएको ऋण सहयोगलाई निरन्तर गर्ने वा नगर्ने भन्ने विषयमा एडिबीले आगामी साता निर्णय गर्ने तयारी गरेको छ। शुक्रबार हुने समीक्षा बैठकपछि एडिबीले ऋण निरन्तर गर्ने वा नगर्ने निर्णय लिनेछ। एडिबीसम्बद्ध स्रोतका अनुसार फेब्रुअरी अन्तिमसम्मको प्रगतिका आधारमा एडिबीले आगामी साताको अन्त्यमा यसबारे अन्तिम निर्णय लिनेछ।

कहाँबाट सुरु भयो समस्या ?

आयोजनाको सब कन्ट्राक्टर नर्थवेष्ट डेभलपमेन्ट नेपाल इन्फ्रा प्रालिले समयमा निर्माण सामग्री उपलब्ध नगराउँदा ढिलाई भयो। पूर्वप्रधानमन्त्री झलनाथ खनालका छोरा निर्भिकले सञ्चालन गरेको यो कम्पनीले समयमा आयोजनाका लागि आवश्यक निर्माण सामग्री उपलब्ध नगराएपछि एडिबीको सिफारिसमा ठेक्का तोडिएको थियो।

‘अहिले आयोजनाको केही प्रगति भएको भन्ने जानकारी प्राप्त भएको छ,’ एडिबीका एक अधिकारीले भने, ‘यसबारे अर्को साता आवस्यक निर्णय हुन्छ।’ निर्भिकको कम्पनीले आयोजनाका लागि आवश्यक गिट्टी, बालुवा लगायत निर्माण सामग्री आपूर्तिको जिम्मा लिएको थियो। त्यस बापत पैसा लिए पनि कबुल बमोजिम सामान उपलब्ध नगराएको चिनियाँ ठेकेदारले गुनासो गर्दै आएको थियो।

आयोजनाको प्रगति नेपाल नागरिक उड्डयन प्राधिकरणले मुख्य ठेकेदार नर्थ वेष्ट सिभिल एभिएसन कन्सट्रक्सनलाई ६ पटक सुधारको सूचना (नोटिश टु करेक्सन) दिइसकेको छ। यद्यपी गत डिसेम्बर अन्तिममा सक्ने लक्ष्यका साथ अघि बढाइएको आयोजनामा अहिलेसम्म आधा काम पनि सकिएको छैन।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले १ माघ २०७१ शिलान्यास गरेको विमानस्थलको अहिले धावनमार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवन, डोमेस्टिक भवन, प्रशासनिक भवन, टावर, फायर एन्ड रेस्क्यु भवन निर्माण भइरहेका छन् । आयोजनाको ठेक्का सम्झौता ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

काममा तीब्रता

एडीबीले सहयोग रोक्ने चेतावनी दिएपछि विमानस्थलको काम तीब्र रुपमा अघि बढाइएको छ।आयोजना प्रमुख ओम नारायण शर्माका अनुसार अहिले ठेकेदारले विमानस्थल निर्माणको काम सन्तोषजनक छ। उनले भने ‘करौडौँको निर्माण सामाग्री थुपारिएका छन्। रनवेको सव वेसलेयर र वेस लेयरको काम जेठ सम्म सकिने देखिएको छ।’उनले असारपछि रनवे पिच हुन थाल्ने बताउँदै वर्षातअघि पिच वाहेकको रनवेको काम सबै सक्नेगरि काम अघि बढेको बताए।

उनका अनुसार चार महिनाभित्र टर्मिनल विल्डिङको छाना छाउने काम बाहेकका निर्माण कार्य सकिनेछ।‘घरका ढलान र वालका काम जुन सम्ममा सकिन्छ भने छाना छाउने काम थप चार महिनासम्म सकिनेछ,शर्माले भने।उनले रनवे पिच गर्ने र टर्मिनल प्वाइन्टको छाना छाउने समय केही ढिला भएकोले ठेकेदारको म्याद थप्नुपर्ने बताए।

एडीबीले नदिए आफ्नै स्रोतमा

एडीबीले सहयोग रोके आफ्नै स्रोतमा विमानस्थल निर्माण गर्ने प्राधिकरणले जनाएको छ।‘अहिलेसम्म एडीबीले सहयोग नरोक्ने जानकारी पाएका छौं,स्रोतले भन्यो,यदि रोक्यो भने हामी आफ्नै स्रोतमा विमानस्थल निर्माण अघि बढाउँछौं।

७ सय ८७ विघामा यो विमानस्थल निर्माण भइरहेको छ। सात वर्ष अघि नेपाल सरकार र एसियाली विकास बैंकको सम्झौतामा कुल ८ अर्ब ५५ करोडको लगानीमा चीनको नर्थवेस्ट सिभिल एभिएसन कम्पनीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको थियो। बिजमान्दुमार्फत साभार |

एडीबीले नेपाल नागरिक उड्ययन प्राधिकरणलार्इ लेखेको पत्र






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution