नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताको लागि ७ बुँदे सहमति,एकीकृत पार्टी नाम नेपाल कम्युनिष्ट पार्टी

काठमाडौं-नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकतालाई अन्तिम रुप दिनगरेका छन् । दुई पार्टीले एकताका लागि प्रारम्भिक साता आधार तय गरेका हुन् । सहमति अनुसार एकीकृत पार्टी नाम नेपाल कम्युनिष्ट पार्टी रहनेछ । एकीकृत पार्टीको सिद्धान्त माक्र्सवाद लेनिनवाद रहनेछ ।
एमालेको जनताको बहुदलीय जनवादको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा र शान्ति सम्झौतापछि माओवादीको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धाको समान नीति अवलम्बन गरिनेछ । एमालेको जबज र माओवादीको माओवाद र २१ औँ शताब्दीमा जनवादको विधिसम्मत छलफल र परिमार्जन गर्ने दुई पार्टीबीच समझदारी बनेको छ । एमाले र माओवादीले अन्तरिम विधान तयार गर्ने पनि सहमति गरेका छन् । अबको महाधिवेशन एकता महाधिवेशन हुने सहमतिपत्रमा उल्लेख छ ।
सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र ईश्वर पोखरेल तथा माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।