हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

मन्त्री नपाएको झोकमा एमालेका सांसदद्वारा राजीनामा,पार्टी परित्याग

सुर्खेतः प्रदेशसभामा निर्वाचित एमाले सांसद चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्। प्रदेशसभाको सभामुख र मन्त्रीमा अवसर नदिएर पार्टीले आफूमाथि अन्याय गरेको भन्दै उनले राजीनामा दिएका हुन्। मुगुबाट निर्वाचित सांसद शाहीले आइतबार हुलाकमार्फत राजीनामा पत्र पठाएका छन्।

यसअघि उनी सभामुखका आकांक्षी थिए। एमालेभित्र सभामुखमा उनको चर्चा चले पनि अन्तिममा आएर दैलेखका राजबहादुर शाहीलाई एमालेले सभामुख बनाएको थियो। सभामुख नपाएका शाहीलाई मन्त्री बनाउने आश्वासन नेताहरुले दिएका थिए।

तर आइतबार बिस्तार भएको प्रदेश मन्त्रीपरिषद्मा उनी समावेश हुने सकेनन्। अन्तिम समयमा आएर पार्टीले धोका दिएको र अन्याय गरेको भन्दै सांसदबाट राजिनामा दिएको शाहीले बताए। एमालेका केन्द्रीय सल्लाकारसमेत रहेका शाहीले पार्टीको साधारण सदस्यबाट पनि राजिनामा दिएको जानकारी दिए।

आइतबार बिहानसम्म शाहीको नाम मन्त्रीको सूचीमा थियो। उक्त सूचीमा सांसद प्रकाश ज्वालाको नाम भने थिएन। तर ज्वालाले आफूलाई कुनै पनि हालतमा मन्त्री चाहिने भन्दै केन्द्रमा दबाव दिएपछि ज्वालाको नाम समावेश गरेर शाहीको नाम मन्त्रीको शपथ ग्रहण गराउने बेलामा हटाइएको थियो। एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने शाही यसअघि २०५६ को संसदीय निर्वाचनमा पनि निर्वाचित भएका थिए।

लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहेका शाहीले पैसा र शक्तिको आडमा मन्त्री छनौट गरिएको र आफूलाई अन्याय भएकाले राजीनामा दिन बाध्य भएको बताए। दलभित्र गुटका आधारमा अवसर दिने संस्कार विकास भएको आरोप लगाउँदै उनले पार्टीको साधारण सदस्यबाट राजीनामा दिन काठमाण्डौ पुगेको जनाए।
शाहीले प्रदेशसभा सदस्यको राजीनामा भने आइतबार नै हुलाकमार्फत प्रदेशसभाका सभामुखलाई पठाएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार बिस्तार गरेको मन्त्रिपरिषद्मा एमालेबाट उनी पर्न सकेनन्। त्यसपछि उनले अपमानित भएको र निकै अन्याय भएको भन्दै राजीनामा दिएको बताए। ‘पार्टीमा योगदान नै नगरेकालाई सभामुख बनाइयो, कमिटीमा पनि नभएकाहरु मन्त्री बने’ उनले भने,‘मैले पार्टीका लागि नै जीवन बिताएँ, तर अहिले सहनै नसक्ने गरी अन्याय भयो।’

अन्याय सहन नसकेर आफूले राजीनामा दिएको उनले बताए। एमालेबाट सभामुख बनेका दैलेखका राजबहादुर शाही नेपाल मजदुर किसान पार्टीबाट २०५२ सालमा एमाले प्रवेश गरेका हुन्। यस्तै मन्त्री बनेका डोल्पाका नन्दसिंह बुढा राप्रपाबाट र हुम्लाका दल रावल जनमोर्चाबाट एमाले प्रवेश गरेको शाहीले बताए।

एमाले नेता शाही २०५६ सालमा मुगुबाट प्रतिनिधिसभा सदस्य जितेका थिए। मुगुमा एमालेबाट चुनाव जित्ने शाही पहिलो व्यक्ति हुन्। उनी आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने हाल सल्लाहकार छन्।

२०४२ सालमा जेल परेपछि पार्टीको पूर्णकालिन राजनीतिमा लागेका उनले १५ वर्षसम्म मुगुमा एमालेको पार्टी प्रमुख भएर काम गरेका थिए। यता प्रदेशसभामा एमाले संसदीय दलका नेता यामलाल कँडेलले शाहीको मन्त्रीमा चर्चा भए पनि आकांक्षी धेरै भएकाले सम्भव नभएको बताए।

एमाले प्रदेश कमिटिका सहसंयोजकसमेत रहेका कँडेलले शाही सभामुख र मन्त्रीका लागि योग्य हुँदाहुँदै पनि थोरै पद र नेता धेरै भएकाले समेट्न नसकिएको स्वीकार गरे। उनले भने,‘हामीले प्रयास गरेकै हो, तर सम्भव हुन सकेन। म बाहेक सबै मन्त्रीका आंकाक्षी थिए, सबैलाई एकैपटक अवसर दिनसक्ने अवस्था अवस्था भएन।’   | अन्नपुर्णपोस्ट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution