हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु द्वारा इरानको कडा आलोचना,इरान बिश्वकै लागि खतरा

म्युनिख – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरान विश्वका लागि ठूलो चुनौती भएको भन्दै कडा शब्दमा आलोचना गरेका छन् । जर्मनीको म्युनिखमा आयोजना भएको सुरक्षा सम्मेलनमा बोल्दै इजरायली प्रधानमन्त्री नेतान्याहुले इरानप्रति कडा शब्दमा आलोचना गरेका हुन् । उनले इरानले आतंकको माध्यमबाट मध्यपूर्व क्षेत्रमा प्रभाव जमाउन खोजिरहेको आरोपसमेत लगाएका छन्।

सुरक्षा सम्मेलनमा सम्बोधन राख्दै नेतान्याहुले इरानको शासनलाई आफ्नो घाँटी वरपर आतंकको सिर्जना गर्न इजरायलले कुनै पनि हालतमा नदिने बताएका छन् । नाटकीय शैलीमा मन्तव्य राखेका नेतान्याहुले इजरायलले गोली हानेर खसालेको भनिएको इरानी ड्रोनको टुक्रा आफ्नो हातले उचालेर इरानका विदेशमन्त्री मोहम्मद जाबेद जरिफलाई देखाएका थिए।

‘जरिफ तपाईं यो बस्तुलाई चिन्नु हुन्छ? तपाईंले यो चिन्नु पर्छ । यो तपाईंकै हो,’ नेतन्याहुले इरानी विदेश मन्त्री जरिफतर्फ संकेत गर्दै सोधेका थिए । उनले निरंकुश इरानी शासनलाई इजरायलको परीक्षण नगर्ने सन्देश लगिदिन पनि जरिफलाई आग्रह गरेका थिए । इजरायली प्रधानमन्त्री नेतान्याहुको आरोपलाई इरानी विदेश मन्त्री जरिफले भने ‘कार्टुन जस्तै’ भएको भन्दै प्रतिक्रिया दिन लायक नरहेको टिप्पणी गरेका थिए।

म्युनिखमा भएको सुरक्षा सम्मेलनमा नेतान्याहुले इजरायलको सुरक्षालाई चुनौती दिने गरी सिरियामा अखडाहरु बनाउने इरानी योजनालाई विफल तुल्याइदिने प्रतिबद्धतासमते व्यक्त गरका छन् । गत साता इरानी ड्रोनलाई गोली हानी खसालिएको घटनालाई इजरायल र इरानी सेनाबीचको पहिलो भीडन्त मानिएको छ।

नेतान्याहुले सन् २०१५ मा विश्वका विभिन्न देशले इरानसँग गरेको परमाणु सम्झौताको आलोचनासमेत गरे । उक्त सम्झौताले ‘इरान रूपी बाघलाई झनै खतरनाक’ बनाइदिएको नेतान्याहुले सम्बोधनका क्रममा बताएका छन् । अमेरिकाको पूर्व विदेशमन्त्री जोन केरीले इजरायली प्रधानमन्त्री नेतान्याहुले भनेको जस्तै इरान अबको एक दशकमा आणविक बम सम्पन्न राष्ट्र हुन्छ भन्ने भनाइलाई वास्तविक रूपमै सही नभएको भन्दै प्रतिवाद गरेका छन्।

नेतान्याहुपछि सुरक्षा सम्मेलनमा बोलेका इरानी विदेशमन्त्री जरिफले खाडी क्षेत्रमा रहेको राष्ट्रहरुका लागि नयाँ सुरक्षा व्यवस्थाको माग गरेका छन् । उनले खाडी क्षेत्रमा नयाँ सुरक्षा व्यवस्था भएन भने अशान्ति फैलने चेतावनीसमेत दिएको बिबिसीले उल्लेख गरेको छ । उनले इरानले समग्र खाडी क्षेत्रमा अस्थीरता फैलाइरहेको भन्ने आरोपको समेत खण्डन गरेका छन् । उनले खाडी क्षेत्रमा इरानले अस्थीरता फैलाउन सक्ने सम्भावना नभएको भन्दै यस विषय आफ्नो देशको राष्ट्रिय स्वार्थसमेत नभएकाले आफूहरुले वार्ताको माग गरेको बताए।

उनले इजरायलले छिमेकी राष्ट्रहरुविरुद्ध उदण्डताको नीति लिएको आरोप लागाए।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution