प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार सरे, तर किन भयो दुई घण्टा ढिला ?
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार सरेका छन् । पूर्वनिर्धारित कार्यक्रम भन्दा दुई घण्टा ढिलागरी प्रधानमन्त्री ओली साँझ ६ बजे सरकारी निवास प्रवेश गरेका हुन् ।
प्रधामन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार ओली कुनै साइत नहेरी सरकारी निवासमा सरेका हुन् । बिहीबार प्रधानमन्त्री निर्वाचित भएकै दिन ओलीले पदभार ग्रहण गरेका थिए |
ओली बालुवाटार प्रवेश गर्दा उनको स्वागतमा एमाले नेता तथा कार्यकर्ताको भिड लागेको थियो ।