तामाङ घेदुङ कुवेतको ल्होछार शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न

कुवेत । नेपाल तामाङ घेदुङ कुवेतले सोनाम ल्होछार २८५४ खि /नागी ल्हो (कुकुर बर्ष) को पावन अवसरमा गत १९ जनवरी २०१८ मा आयोजित कार्यक्रममा आर्थिक, नैतिक , भौतिक रुपमा संस्थालाई विविध क्षेत्रमा सहयोग पुर्याएका महानुभावहरुलाई सम्मान गरेको छ | गत शुक्रबार फर्वानिया स्थित अल हैताम रेस्टुरेन्टमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको हो |
नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य राम लामा तामाङ (हाल-कुवेत), संरक्षक राजेन्द्र तामाङ,प्रमुख सल्लाकार तथा निबर्तमान अध्यक्ष अमृत लोप्चन तामाङ , गायक डिबी लोप्चन तामाङ, सुर्य लामा तामाङ ,एनआरएन कुवेतका अध्यक्ष अर्जुन तामाङ लगायत कुवेतबाट संचालित अनलाइन मिडियाहरुलाई सम्मानित गरेका थिए ।
कार्यक्रममा मान्यजनको हातबाट टिका तथा आशिर्वाद, शुभकामना आदानप्रदान र नाचगान समेत गरेका थिए |