हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इजरायलमा केपी शर्मा प्रधानमन्त्री नियुक्त भएको खुशियालिमा बधाई तथा शुभ कामनाको साथमा दिप प्रज्वलन गरिदै

तेलअविव- प्रवासी नेपाली मंच इजरायल द्वारा नेपालको ४१ औ प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त भएकोमा कार्य सफलताको बधाई तथा शुभकामना गर्दै शनिबार इलाद भ्रमणका क्रममा इजरायलमा दिप प्रज्वलन गर्ने भएको छ |

इलाद स्थित एक हलमा हुन गइरहेको उक्त कार्यक्रममा सरिक हुन् इजरायलमा कार्यरत सम्पूर्ण नेपालीहरुलाई आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रम बारे जानकारी गराउदै मंच इजरायलका अध्यक्ष तिर्थ गौतमले संघिय गणतन्त्र नेपालको जन निर्वाचित ४१ औ प्रधानमन्त्री एमाले- माओवादी केन्द्रको गठवन्धनको भारी बहुमतका साथ नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली बन्नुभएको र वहालाई बधाई तथा शुभकामना ब्यक्त गर्दै कार्यकालमा मातृभूमी नेपालको आर्थिक र सामाजिक क्षेत्रको बिकास भै नेपाली जनतामा शान्ती, सम्बृद्ध र चाहना तर्फ उन्मुख होस भन्दै इतिहास र निष्ठाको निरन्तरता, दृढ़ता अदम्य साहसका पर्याय र स्वप्नदर्शी अध्यक्ष केपि शर्मा ओलीले नेपाली जनताले चाहे बमोजिमको नेतृत्व गर्दै राजनितीमा इमान्दारिताको खडेरि भएको बेला इच्छा शक्ति र नैतिकता हुदा धेरै गर्न सकिन्छ भन्ने उदाहरण बनेर देखाउन अनुरोध गरेका छन् ।

उनका अनुसार जनताले शुसासन पाउन अार्थिक समृद्धि अाय अार्जनमा जनतालाई सामेल गराउनु, भ्रष्टाचारको अन्त गर्नु पारदर्शिता र जवाफदेहिता नेपालीको चाहाना यो पूरा गर्ने जिम्मेवारी नेपाली जनताले एकीकृत नेपाल कम्युनिस्ट पाटीलाई दिएका छन । यो अग्नि परीक्षा हो नेपाली समाजलाई कम्युनिस्ट विचार, मार्क्सवादी सिद्धान्त र समाजवादी कार्यक्रम र नीतिमा आधारित रहेर साम्यवाद तर्फ उन्मुख गराउने भुमिका निर्वाह गर्नु हुनेछ । संविधानमा रहेको व्यवस्थालाई जनताको हितमा प्रयोग र उपयोग गर्दै समृद्ध नेपाल निर्माणका लागि यो कार्यकाल उपलब्धि मुलुक, सुनौलो र सफल रहोस । साथै नेपाली जनताले चाहेको शक्तिशाली प्रगतिशील वाम शक्तिलाई दिर्घकालिन वा असिमित एकताले निरन्तरता पाउने गरी एकताबद्ध राजनीतिक शक्ति निर्माणमा महत्वपूर्ण अगुवाई गर्नु हुनेछ । यहीँ शुभेच्छा र कामनासहित नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई प्रवासी नेपाली मंच इजरायलको तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको जानकारी पनि गराएका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution