देउवाले प्रधानमन्त्री पदबाट राजीनामा

काठमाडौं ३ फागुन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजीनामा घोषणा गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्वोधनगर्दै देउवाले बिहीवार राजीनामा घोषणा गरेका हुन् ।
सम्वोधनका क्रममा देउवाले आफू नेतृत्वको सरकारले तीनै तहको चुनाव सम्पन्न गर्न सफल भएको बताए ।
बिहीवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले आजै प्रधानमन्त्रीले राजीनामा गर्ने निर्णय गरेको थियो ।