तीनकुने,टुडिखेल फेरी तीनकुने मै सोनाम ल्होछार २८५४ कार्यक्रम, किन र कसरी ?

याम्बु – नेपाल तामाङ घेदुङको मूल आयोजनमा विभिन्न तामाङ संघसंस्थाहरु सहित “सोनाम ल्होछारको प्रवद्र्धन, हाम्रो साँस्कृतिक अभियान , ताम्सालिङ प्रदेशको स्थापना, राष्ट्रको साझा पहिचान |” भन्ने मूल नाराको साथ तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछार–२८५४ काठमाडौं स्थित कोटेश्वर तीनकुनेमा भव्यताको साथ मनाउने भएको छ |
आज बिहान मात्र नेपाली सेनाले टुडिखेलमा नेपाल तामाङ घेदुङलाई अनुमति भन्दै टुडिखेलमा कार्यक्रम हुने भनेर सूचना जारी थियो |
फेरी साँझ ५ बजे नेपाली सेनाले टुडिखेलमा मैदान ल्होछार कार्यक्रम मनाउन दिन नसक्ने जानकारी आएकोले फेरी सोनाम ल्होछार कोटेश्वर तीनकुनेमा हुने भनि नेपाल तामाङ घेदुङले विज्ञाप्ति मार्फत जानकारी दिएको छ |
पूर्ण जानकारीको लागि पढ्नुहोस्