हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

किसानले करोडौ कमाउन सक्ने गाँजामाथि बिदेशीको स्वार्थका लागि किन प्रतिबन्ध ? खुल्ला बहस गरौं

शिवरात्रिको अवसरमा पशुपतिनाथमा सहभागी भई पर्वको शोभा बढाउन भारतीय जोगीहरूलाई निम्ता दिने प्रचलन छ। भारतीय जोगीहरू नेपालमा गाँजा खान र फर्कंदा कोसेलीमा गाँजा नै लैजाने लोभमा नेपाल आउने गरेका थिए। नेपाल सरकारले विभिन्न मुद्दा मामलामा जफत गरेको गाँजा पशुपतिमा शिवरात्रिको अवसरमा वितरण गर्ने गरेको परम्परा रही आएकोमा यस वर्ष पशुपति क्षेत्रमा गाँजा निषेध गर्ने बुझिएको छ।

संसारमा उत्कृष्ट अफिमको उत्पादन क्षेत्र अफगानिस्तान भएझैँ गाँजा र चरेसको उत्कृष्ट उत्पादन क्षेत्र नेपाललाई मान्ने गरिन्छ। नेपालमा उत्पादित गाँजा र चरेसको महात्म्य परापूर्वकालदेखि रहे पनि १९७० को दशकमा चलेको हिप्पी संस्कृतिकै कारण यसको व्यापक प्रचार–प्रसार भएको थियो। भारतीय अभिनेता देव आनन्दले नेपालको परिवेशमा सन् १९७१ मा बनाएको चलचित्र ‘हरे राम हरे कृष्ण’ चलचित्रमा ‘दम मारो दम’ भन्ने गीतमा गाँजा मोल्दै र पिउँदै गरेको दृश्यले नेपालको गाँजा र चरेसको महत्वतर्फ संकेत गर्छ। पहिले तराईमा लाइसेन्स लिएर गाँजा उत्पादन गरिन्थ्यो। उत्पादित गाँजा विभिन्न व्यापारीलाई कृषकले बिक्री गरी गाँजाको बिउबाट खानेतेल उत्पादन गरी सरकारलाई राजस्वसमेत तिर्थे। सरकारले २०३३ असोज १० गते ‘लागुऔषध नियन्त्रण ऐन’ लागू गरी गाँजा उत्पादनलाई दण्डनीय अपराध घोषित गर्‍यो।

धूमपान खराब कि मदिरा ?

अशान्त मानिसले आफूलाई भुलाउन अनेक वैकल्पिक स्रोत खाज्दै छ। त्यस्ता साधनमा मदिराजन्य पदार्थ, अफिमजन्य पदार्थ, गाँजाजन्य पदार्थ र मनोद्वीप लवणका समि श्रणबाट बनेका पदार्थ पर्छन्। मदिराजन्य पदार्थमा रक्सी, बियर र वाइन पर्छन्। स्कच, फेन्च/स्पेनिसलगायत वाइन र डेनिस वियरले नेपालको मदिरा बजार ढाकेका कारण अहिले पनि अर्बौँ नेपाली रुपैयाँ वार्षिक रूपमा विदेश बाहिरिन्छ। मदिराजन्य पदार्थमा युरोपियन दबदबा छ नेपालमा। अफिमको प्रमुख उत्पादक एवं निर्यातक अफगानिस्तानबाट हेरोइन र ब्राउन सुगर बारम्बार नेपाल भित्रिएको तथ्य लुकेको छैन। अर्थात् अफिमजन्य पदार्थमा नेपालमा अफगानिस्तानको दबदबा छ। मनोद्वीप लवणको प्रमुख उत्पादक युरोपियन मुलुक हुन्। विगत २ वर्षभित्र औषधि उत्पादकले युरोपबाट आयात गरेको स्युप्रोडिनको औषधि नबनाईकन अवैध उपयोग गरेको कारण मुद्दासमेत चलेको तथ्य कतिलाई थाहा होला।

गाँजा, चरेस धूमपान शीर्षकअन्तर्गत पर्छ। एक खिल्ली चुरोटमा दुई सयभन्दा बढी किसिमको केमिकल मिसाइएका हुन्छन् र तिनका कारण क्यान्सर हुने तथ्य चुरोटको डब्बामा अंकित चेतावनीमूलक सन्देशले नै पुष्टि गर्छ। तर, गाँजामा केमिकल प्रयोग हुँदैन। यो नितान्त औषधिजन्य हो र औषधिको अधिक सेवन हानिकारक हुने हुँदा गाँजाको अधिक सेवनले पनि हामीलाई हानि गर्छ। मदिरा, अफिम, गाँजा र मनोद्वीपमध्ये नेपालमा सबैभन्दा बढी मदिरा र चुरोटका अम्मली छन्। सोही कारण देशको राजस्वको ठूलो स्रोत नै मदिरा र चुरोट भएको छ। हरेक वर्ष यो शीर्षकमा कर बढाइन्छ तर उपभोग घट्नुको सट्टा बढ्दो छ। यसको प्रमुख लाभ युरोपियन मुलुकलाई भएको छ। हाम्रो आफ्नै राष्ट्रिय उत्पादन गाँजालाई दण्डनीय बनाइँदा नेपाली मुद्रा बिदेसिएको प्रस्ट छ। गाँजाको सेवनलाई नेपालमा दण्डनीय नबनाइने हो भने रक्सी र चुरोटको उपभोग घट्ने थियो। अमेरिकन–युरोपियन पर्यटक नेपालमा आई खर्च गर्ने र नेपाली मुद्रा बलियो हुने डरले धनी मुलुकले अनेक लबिङ गरेर गाँजामाथि प्रतिबन्ध लगाएको देखिन्छ।

गाँजा र पर्यटन

पहाडदेखि तराईसम्म गोडमेल र स्याहार नगरीकनै खाली जग्गामा साउने झरीसँगै स्वस्फूर्त रूपमा हुर्कने राष्ट्रिय उत्पादन हो गाँजा। सन् १९७० को दशकमा नेपालको गाँजा चरेसको प्रसिद्धि युरोपसम्म पुगेको कारण चरेस खाने र घुम्ने बहानामा युरोपियन हिप्पीहरू नेपाल आउने गर्थे। तर, नेपालको चरेस युरोप लैजाने कार्यले युरोपियन मुलुक आतंकित भए। नेपालबाट चरेसको निकासी बाक्लिनु, चरेस सेवनमा सहज हुनुका कारण नेपालको पर्यटनसमेत फस्टाउन गई तत्कालीन समयमा नेपाली मुद्रा बलियो भई एक डलर बराबर १६ रुपैयाँ नेपाली मात्र थियो। आज एक अमेरिकन डलर बराबर १०२.७६ पैसा छ।

विदेशी प्रभावमा प्रतिबन्ध

नेपालको आर्थिक प्रगतिबाट आतंकित अमेरिकी एवं युरोपियन मुलुकले नेपालको गाँजालाई प्रतिबन्ध गराउन अमेरिकी कूटनीतिक विशेष जोडी खटाइए। श्रीमती क्यारोल लेसी नेपालका लागि त्यतिखेर अमेरिकी राजदूत थिइन् भने श्रीमान् इल्सवथ वकर भियतनामका लागि अमेरिकी राजदूत थिए। यी जोडीलाई आफ्नो मिसन पूरा गर्न सहज होस् भनी त्यतिखेर अमेरिकी सरकारले विशेष विमान उपलब्ध गराएको थियो। क्यारोल लेसीले राजपरिवारका शक्तिशाली सदस्यलाई प्रभावित गरी लागुऔषध नियन्त्रण ऐन गर्ने प्रक्रिया अगाडि बढाइन्। पछि मारक्वेटा मारटाङको समयमा ०३३ साल असोज १० गते गाँजा प्रतिबन्धित गर्ने कानुन लागू भयो। त्यतिखेर तराईका राष्ट्रिय पञ्चायत सदस्यहरूले राजा वीरेन्द्रसमक्ष यो कानुन राष्ट्रविरोधी भएकाले फिर्ता लिन बिन्ती गरे।

राजा वीरेन्द्रले पनि पारिवारिक दबाब थेग्न नसकेका कारण यो कानुन कार्यान्वयनमा आएको थियो। तर, कानुनलाई कागजी रूपमा मात्र राख्नु, गाँजा खेतीलाई प्रभावित गर्ने गरी कुनै काम नगर्नु भनी वीरेन्द्रले राष्ट्रिय पञ्चायत सदस्यहरूलाई आश्वस्त पारेको तथ्य तत्काल राजप्रासाद सेवामा कार्यरत विशिष्ट कर्मचारीबाट यो पंक्तिकारले सुनेको हो। कुरा स्वाभाविक पनि लाग्छ किनभने पञ्चायतकालीन कानुनमा गाँजा व्यापारमा सामान्य सजाय–जरिवानाको प्रावधान थियो। गाँजा खेतीमा उति कडाइ गरिएको थिएन।

पञ्चायत गयो। प्रजातन्त्रकालमा शेरबहादुर देउवा गृहमन्त्री हुनुभयो। अमेरिकी राजदूत जुलिया चाङ ब्लकको विशेष आग्रहमा उहाँको ‘सुखद कार्यकाल’ सकिएको उपहारस्वरूप ०५० साल जेठ ३२ गते सरकारले गाँजाको विषयलाई कठोर दण्डनीय अपराधका रूपमा घोषित गर्‍यो। लागुऔषध नियन्त्रणका नाममा सरकारले नयाँ निकाय खडा गर्‍यो। आज पनि प्रहरी र प्रशासनका धेरै हाकिम तालिम र सेमिनारमा विदेश जान भ्याईनभ्याई छ। परिणामस्वरूप हरेक वर्ष भदौ–असोजतिर समाचार आउँछ, ‘फलानो प्रहरी कार्यालयले फलानो क्षेत्रको गाँजा फँडानी गर्‍यो।’ फोटासहितका समाचार विदेश पुग्छन्। राष्ट्रिय सम्पत्ति नास गरेर हाकिमहरू पुनः सेमिनारमा बिदेसिन्छन्।

रक्सी र गाँजाको फरक

रक्सी पिएका मानिस उत्तेजित भई झैझगडा गर्नु र अरूको दैलोमा लात्ती हान्न गएका घटना गाउँसहरमा पाइन्छन्। तर, गाँजाचरेस सेवनकर्ता आफैँमा मग्न भई बादलमा पाइला चाले सरी हिँड्ने गरेको देखिएको छ। पहिले तराईमा हरेक गाउँमा गाँजा खाने समूह हुन्थे जसलाई प्रेमी भन्ने गरिन्थ्यो। एक गाउँको गँजेडी अर्को गाउँमा जाँदा प्रेमीसरह सम्मान गरिन्थ्यो। गँजेडीले कसैलाई कुनै हानि नपुर्‍याएका कारण नै तिनको मान्यता ‘प्रेमी’ रहन गएको हो।

खुल्ला बहस गरौं

गाँजालाई आयुर्वेदले औषधि भने पनि नेपाली कानुनले त्यसलाई लत्याएको छ। गाँजा सेवनले हाम्रो समाजमा गम्भीर र नकारात्मक असर पार्ने भए हाम्रा सबै पूर्वज गँजेडी नै हुने थिए होलान्, तर त्यस्तो तथ्य भेटिन्न। गाँजाको झार उमारी रहनै पर्दैन। साउने झरीसँगै डाँडाकाँडा, खोला किनार र अन्य बाली नउम्रन ठाउँमा यो आफैं उम्रेको हन्छ। गाँजा प्रतिबन्ध लबिङ गर्ने अमेरिकाले आज आफ्नो देशभित्र गाँजा खेती गर्न लाइसेन्स दिएको तथ्य लुकेको छैन। केही युरोपियन मुलुकले कर तिरी गाँजा खाने ‘पब’ सञ्चालन गर्न दिएको तथ्य छँदै छ।

हाम्रो देशले ०३३ सालसम्म लाइसेन्स लिएकै थियो। गाँजाको बिउबाट तेल र डाँठबाट भांग्रा नामको लुगा हाम्रो गाउँघरमा पहिले बन्ने गरेका थिए। तर, गाँजामाथिको प्रतिबन्धले उत्पादक र आयमूलक कार्यमा प्रगति भएन। गाँजाको रेसाबाट बनेको कपडालाई ‘हेम्प’ नामकरण गरी भारत एवं चीनले अहिले अन्तर्राष्ट्रिय बजार ओगटेका छन् तर हामी अझै पनि भांग्रे भई बसेका छौँ। पञ्चायतकालीन राजपरिवारले विदेशी प्रभावमा लागू गरेको प्रतिबन्धलाई निरन्तरता दिने वा प्रतिबन्ध फुकुवा गरी गाँजाखेती व्यवस्थित गर्दै ७० को दशकको आकर्षक पर्यटन वातावरण भित्र्याउने या अहिलेकै झोले पर्यटनमा झुलिरहने भन्नेबारे गम्भीर समीक्षा गर्ने बेला भएको छ।

 -अरुणकुमार ज्ञवाली

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution