६ अर्बको प्राथमिक शेयर बजारमा आउंदै , किन्ने होइन त ….

बजारमा रु. ६ अर्ब भन्दा बढीको साधारण शेयर आउँदैछ । लगानी क्षेत्रको खोजी गरिरहेकाहरुको लागि खुशीको कुरा हो | नेपाल धितोपत्र बोर्डमा १७ कम्पनीले रु. ३ अर्ब ८० करोडको प्राथमिक शेयर निष्कासन (आईपीओ) र थप शेयर निष्कासन (एफपीओ) ल्याउन अनुमति माग्दै आवेदन दिएका छन् ।
आईपीओ र एफपीओ बजारमा ल्याउन लागेका कम्पनीमा अधिकांश जलविद्युत् क्षेत्रका छन् । यो वर्ष रु. ५ अर्ब ५२ करोडको आईपीओ र एफपीओ निष्काशनका लागि १२ कम्पनीले यसअघि नै अनुमति पाइसकेका छन् ।
शेयर निष्कासनको पाइपलाइनमा रहेका कम्पनीमध्ये चारवटाको प्रस्तावलाई धितोपत्र बोर्डले समिक्षा गरेर टिप्पणी पठाएको छ भने, ९ कम्पनीको प्रस्तावमा प्रारम्भिक समिक्षा गरिरहेको छ ।
चालू आर्थिक वर्षभित्रमा यी कम्पनीको प्राथमिक शेयर निष्कासन हुने अनुमान गरिएको छ ।
शेयर निष्कासनको अनुमति मागेका अधिकांश कम्पनीहरुको रेटिङ भने राम्रो छैन । शेयर निष्काशनको तयारी थालेका अधिकांश जलविद्युत् कम्पनीको रेटिङ ४ र ५ मात्रै छ, जुन राम्रो मानिदैँन ।
एकदेखि पाँचसम्मका ग्रेडमध्ये एक ग्रेड रेटिङ पाएकोलाई राम्रो र पाँच पाएकोलाई नराम्रो मानिन्छ ।
बोर्डबाट शेयर निष्कासनको अनुमति पाइसकेको बुटवल पावरले रु. २ अर्ब ४ करोडको एफपीओ विक्री शुरु गरिसकेको छ ।
चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतका साञ्जेन, रसुवागढी कम्पनीले पनि क्रमशः ८७ करोड ६० लाख र १ अर्ब ६४ करोडको प्राथमिक शेयर निष्काशनको अनुमति पाएका छन् ।
यी कम्पनीले केही साताभित्रै शेयर निष्कासन शुरु गर्दैछन् । जलविद्युत् कम्पनीहरुले स्थानीयबासीका लागि १० प्रतिशत शेयर जारी गर्नैपर्ने बाध्यताका कारण जलविद्युत् कम्पनीहरुको शेयर बजारमा बढी आउँदैछ ।
शेयर निष्काशनको तयारीमा रहेका कम्पनीहरुः
कम्पनी शेयर संख्या शेयर रकम (रु.) विक्री प्रबन्धक
जोशी हाइड्रोपावर ३,७१,४०० ३,७१,४०,००० सिद्धार्थ क्यापिटल
मैलुङ खोला ७,३६,२८६ ७,३६,२८,६०० सिद्धार्थ क्यापिटल
माथिल्लो तामाकोशी २,६४,७५,००० २,६४,७५,००,००० सिटिजन इन्भेष्टमेन्टट्रस्ट, सनराइज क्यापिटल
माउन्टेन हाइड्रो १२,५०,००० १२,५०,००,००० सिद्धार्थ क्यापिटल
आँखुखोला जलविद्युत् ८,००,००० ८,००,००,००० सिभिल क्यापिटल
गर्जाङ्ग उपत्यका हाइड्रो २,००,००० २,००,००,००० एनआईबीएल एस क्यापिटल
एनएमबी ब्यांक (एफपीओ) १,१४,१५,१६३ – सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट
लाफिङ बुद्ध पावर ९,७८,००० ९,७८,००,००० सिद्धार्थ क्यापिटल
युनिक हाइडल ५,५०,००० ५,५०,००,००० एनएमबी क्यापिटल
सीईडीबी हाइड्रो २२,८९,३०० २२,८९,३०,००० सनराइज् क्यापिटल
युनियन हाइड्रोपावर ६,३३,७४५ ६,३३,७४,५०० लक्ष्मी क्यापिटल
घलेम्दी हाइड्रो ५,५०,००० ५,५०,००,००० भिबोर क्यापिटल
रैराङ्ग हाइड्रो ८,४०,००० ८,४०,००,००० एनआईबीएल एस क्यापिटल
नेपाल सेवा लघुवित्त १,८०,००० १,८०,००,००० एनएमबी क्यापिटल
एनएडीईपी लघुवित्त ४,८०,००० ४,८०,००,००० नेपाल इन्भेष्टमेन्ट ब्याङ्किङ
शिवश्री हाइड्रो १४,७६,४०० १४,७६,४०,००० सिद्धार्थ क्यापिटल
शुभम् पावर २,००,००० २,००,००,००० सीबीआईएल क्यापिटल