नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको तेस्रो साधारण सभा सम्पन्न

काठमाडौं, २८ माघ । नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले आफ्नो तेस्रो साधारण सभा सम्पन्न गरेको छ । ईन्सेक अध्यक्ष एवम् मानव अधिकारवादी शुबोधराज प्याकुरेलको प्रमुख अध्यक्षता उक्त साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि प्याकुरेलले संस्थाको प्रगतीको लागि शुभकामना व्यक्त गरेका छन् ।
संस्थाका सस्थापक सदस्य बाबुराम सिग्देलका अनुसार संस्थाको नयाँ कार्यसमिति कही समय पछि मात्रै छनोट गर्ने भएको छ । विगत ४ वर्षदेखि निरन्तर समाजिक कार्यमा विशिष्ठ योगदान दिनै आएको नमस्ते नेपालका अध्यक्ष रामशरण बानियाँले संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
मनोरन्जन र सूचनाको माध्ययम मार्फत मुलुकको परिवर्तन लागि समर्पित रहेर मातृभूमिलाई परेका असहजतामा साथ दिदै आएको सामाजिक संस्था नमस्ते नेपाल हातेमालोले २०७२ को महाविनासकारी भूकम्प देखि सामान्य खर्च नपाएर उपचार गर्न नसकेका व्यत्तिहरुलाई समेत सक्दो सहयोग गर्दै आएको अध्यक्ष बानियाँले बताए ।