हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

ह्याङ्ला दोलख-काठमाडौं तामाङ समाजले बृहत ल्होछार सांस्कृतिक महोत्सव कार्यक्रम भब्यका साथ सम्पन्न

याम्बु ,तामाङअनलाइन –  ह्याङ्ला दोलख-काठमाडौं तामाङ समाजले “सोनाम ल्होछारको प्रबर्द्धन हाम्रो सांस्कृतिक अभियान, घर घरमा ल्होछार स्थापना हाम्रो ऎतिहासिक पहिचान” भन्ने मुल नाराका साथ हिजो २०७४ साल माघ २७ गते शनिबार काठमाडौंको चाबहिल स्थित नबदुर्ग पाटी प्यालेसमा स्थापना कालदेखि दोस्रो चोटी सोनाम ल्होछर मन्जुश्री सम्बत २८५४ औ खी/हिजोल्हो (चरा बर्स) को आगमनको अवसरमा शुभकामना आदानप्रदान बधाई साथै बृहत ल्होछार सांस्कृतिक महोत्सव कार्यक्रम भब्य रूपमा मनाएको छ । कार्यक्रमा प्रमुख अथिति दोलखाका पुराना तामाङ नेता वरिष्ठ राजनीतिज्ञ, सामाजिक ब्याक्तित्व एबं पुर्ब सांसद जीतबीर लामा हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा प्रतिनिधि सभा सदस्य एबं नेकपा एमालेका केन्द्रिय सदस्य पार्बत गुरुङ हुनुहुन्थ्यो । त्यस्तै विशेष अतिथिमा पुर्ब माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेल हुनुहुन्थ्यो । कार्यक्रमका अध्यक्षता ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजका अध्यक्ष सरोज मोहन लामाले गर्नुभएको थियो ।

सोनाम ल्होछार चरा बर्षको बिदाई र कुकुर बर्षको स्वागत लामा गुरुज्युबाट शान्ती मोलम र ताम्बाले ऎतिहासिक बिधिअनुसारको काईरन (गीतगाथा) गाई कार्यक्रमको शुरूवात गरेको थियो । कार्यक्रममा अतिथिहरुमा नेकपा माओवादी केन्द्रका पोलिट्ब्योरो सदस्य शंकर लामा, पुर्ब सांसद शान्ति पाख्रीन, नेपाली कांग्रेसका जिल्ला सभापति रुद्र बहादुर खड्का, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नर बहादुर पाख्रीन, बौद्धनाथ क्षेत्रबिकास समितिका कार्यकारी निर्देशक कुयाङ लामा घिसिङ, तामाङ पाउडेशनका अध्यक्ष अरुण घिसिङ, तामाङ राष्ट्रिय घेदुङका प्रतिनिधि तारा ब्वोन तामाङ, आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष जंग गुरुङ, बर्म लामा, हर्कमान पाख्रीन, बामपंथी नेता बसन्तराज कार्की, मजदुर नेता युबराज जिरेल, नेकपा एमाले दोलखा काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष गणेश शिवकोटी लगायतका विभिन्न संघ संस्था र संगठनका प्रमुख र प्रतिनिधिहरु, बुद्धिजीवीहरु, समाजसेवीहरु, कलाकारहरु र पत्रकारहरु हुनुहुन्थ्यो ।

कार्यक्रमको संचालान समाजका सचिब छेवाङ तेन्जिङ लामा र सदस्य सुकुमाया मोक्तानले गर्नुभएको थियो भने स्वागत मन्तब्य कार्यक्रम संयोजक सुरेश कुमार पाख्रीनले दिनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जीतबीर लामाले ल्होछारको शुभकामना दिनुहुदै आदिवासी जनजाति तामाङ समुदायको जायज
अनि साझा माग सबै राजनीतिक पार्टीले मात्र पूरा गर्नुपर्छ । खाली फुस्रा आश्वासन मात्रै दिने होईन , उहाँले भन्नुभयो नेपालका प्रायः सबै राजनीतिक पार्टीले कहिल्यै तामाङहरुलाई कार्यकारी भुमिकाको पद दिन मन्जुर नहुने बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि पार्बत गरुङ, विशेष अतिथी आनन्द प्रसाद पोखरेल, अतिथिहरु, शंकर लामा, नर बहस पाख्रीन, रुद्रबहादुर खड्का, बर्म लामा लगायत अरुण घिसिङले पनि शुभकामना मन्तब्य दिनुभएको थियो ।

कार्यक्रममा बधाई तथा कार्यकाल सफताको शुभकामना स्वारुप प्रसंसा पत्र दोलखा जिल्लाबाट भर्खरै नेपाल अधिराज्यकै सबैभन्दा फरक मतान्तरले निर्बाचित प्रतिनिधि सभा सदस्य पार्बत गुरुङलाई प्रदान गरिएको थियो भने प्रदेश सभाको निर्बाचित सदस्यहरुलाई सभामुख र उपसभामुखको निर्वाचनले हेटौंडा मकवानपुर जानुपरेकोले अर्को कार्यक्रममा प्रसंसा पत्र प्रधान गर्ने भएको छ । कार्यक्रममा सम्मान भने दोलखा जिल्लाका पुर्ब माननीय संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेललाई गरिएको थोयो । उहाँले मन्त्री हुँदा गरेका सबै सकारात्मक काम र विशेष त बौद्ध दर्शनको प्रबर्द्धन, बुद्ध र बुद्ध दर्शन दुबै नेपालमै, लुम्बिनीमै जन्मेको हो भन्ने अभियान नेपाल सरकारबाट पहिलोपटक चलाएर शुरूवात गरेकाले उहाँलाई सम्मान गरेको थियो । त्यस्तै गरि बधाई तथा कार्यकाल सफताको शुभकामना स्वारुप प्रसंसा पत्र दोलखा जिल्लाका कुयाङ लामा घिसिङ जो बौद्धनाथ क्षेत्र बिकास समितिको कार्यकारी निर्देशक हुनुहुन्छ उहाँलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा दोलखाली तामाङ कलाकारहरू र दोलखा जिल्लाभन्दा बाहिरका अतिथि कलाकारहरुले समेत विभिन्न प्रकारका मनोरञ्जन दिने तामाङ गित, अन्य गीत संगित र नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रम बेलुका आठ बजेसम्म चलेको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution