हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

कस्ता व्यक्तिले माछाको मासु भुलेर पनि खानुहुँदैन ? थाह पाई राखौ…..

एजेन्सी : माछामा प्रशस्तै पाइने प्रोटिन र भिटामिन-डी ले हाम्रो मांशपेसीको वृद्धि र विकासमा मद्दत गर्दछ। तथापी, यहि प्रोटिन अधिक हुँदा शरिरको लागि हानिकारक हुन सक्छ।

माछामा हामीलाई अत्यावश्यक पर्ने पौष्टिक तत्वहरूका साथसाथै हानिकारक गह्रौँ धातु पारो (Mercury) पनि पाइन्छ। जुन गर्भवती महिला र नवजात शिशुहरूको लागि एकदमै हानिकारक हुने गर्दछ। कस्ता व्यक्तिले माछाको मासु खानुहुँदैन भन्ने बारेमा केहि जानकारी :

१. माछा खान नजान्नेका लागि

सर्वप्रथम त यो जान्नु जरुरी हुन्छ कि माछाको मासु खाँदा विशेष ध्यान दिनुपर्ने हुन्छ, यदाकदा यसको काँडाले कतिपयको ज्यान समेत गएको सुनिन्छ। त्यसैले, माछाको मासु खान गाह्रो लाग्ने व्यक्तिहरूले सकभर माछा नखाँदै उचित हुन्छ। तर, माछाको परिकार बनाउने तरिकाले पनि काँडाको खतरामा फरक पर्दछ। कुनै-कुनै प्रजातिका माछाको काँडा सजिलै छुट्याएर खान सकिन्छ भने कुनैको काँडा मासुसँगै जमेर बसेको हुन्छ। त्यसैले त्यस्ता माछा खाँदा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ।

यदि माछाको काँडा घाँटीमा अड्किएर समस्या भएको छ भने तुरुन्तै केरा खाएका राहत पाउन सकिन्छ। उपलब्ध छ भने लालीगुराँसको फूल चपाएर निल्दा पनि माछिकाँडाको समस्याबाट छुट्कारा पाउन सकिन्छ।

२. गर्भवती र स्तनपान गराइरहेका महिलाहरूका लागि
माछामा गह्रौँ धातु ‘पारो’ प्रशस्तै पाइन्छ, जुन गर्भवती महिला र स्तनपान गराइरहेका महिलाहरूको लागि हानिकारक हुने गर्दछ। यस्ता महिलाहरूले माछा सेवन गरेमा उनीहरूको शरीरमा पारो थुप्रिँदै जान्छ र बिस्तारै गर्भमा रहेको शिशुमा पनि सर्दछ।

जसको कारण जन्मजात खोटी, सुस्त मनस्थिती तथा अन्य मस्तिष्क सम्बन्धी समस्याबाट ग्रसित शिशुको जन्म हुन सक्दछ। यस्ता शिशुहरू हुर्किँदै गएपनि उनीहरूको सिक्न सक्ने, देख्न सक्ने अनि बोल्न सक्ने क्षमतामा बाधा पुग्दछ।विशेष गरि समुन्द्रमा पाइने माछामा यो तत्व बढी पाइन्छ। नेपालमा पाइने माछामा भने यो तत्व अधिक हुँदैन।

३. मधुमेह (सुगर) भएकाहरूका लागि

अन्य मांसाहारी खानेकुरामा जस्तै माछामा पनि प्रशस्तै कोलेस्ट्रोल भेट्न सकिन्छ। माछाको जात अनुसार तिनीहरूमा पाइने कोलेस्ट्रोलको मात्रामा पनि फरक पर्दछ। तर यो यथार्थ हो कि कुखुरा, बङ्गुर तथा खसीमा भन्दा माछामा बढि कोलेस्ट्रोल पाइन्छ। कोलेस्ट्रोलको अधिक सेवनले सुगर रोग लाग्न सक्दछ। कोलेस्ट्रोलसम्बन्धी अमेरिकामा गरिएको एक खोज अनुसार, १५० भन्दा बढि सुगरको मात्रा भएकाहरूले माछाको सेवन गर्दा उनीहरूको स्थिती अझ गम्भिर हुने गर्दछ। तर १५० भन्दा कमि सुगरको मात्रा भएकाहरूलाई भने यसले अधिक असर गर्दैन।

४. पत्थरी र हाडजोर्नीको समस्या भएकाहरूका लागि

माछामा प्रशस्तै प्रोटिन पनि पाइन्छ। सहि मात्रामा प्रोटिन युक्त खाना शरिरको लागि अति आवश्यक हुन्छ। तर प्रोटिनको अधिक सेवनले अनेकथरीका स्वास्थ्य समस्याहरू उत्पन्न हुन्छन्। माछामा पाइने कोलेस्ट्रोल र बोसोलाई त शरीरले ऊर्जाको रूपमा परिणत गरी सङ्कलन गरेर राख्न सक्दछ।

तर बढि भएको प्रोटिनलाई शरीरले सङ्कलन गरेर राख्न सक्दैन र शरीरले त्यसलाई अनावश्यक तत्व मानी बिसर्जन गर्नतर्फ लाग्दछ। यसरी बिसर्जन हुने क्रममा उक्त प्रोटिनबाट अनेकौँ किसिमका विषाक्तहरू हाम्रो रगतमा मिस्सिन जान्छ, जस्तै; यूरीया, अमोनिया र अमिनो एसिड।

अधिक प्रोटिन पाइने माछाको सेवन धेरै गरेमा हाम्रो शरीरमा यस्ता नकारात्मक पदार्थहरू थुप्रिँदै जान्छन् र बिस्तारै पत्थरीमा परिणत हुँदै जान्छ। यस्ता पदार्थहरूलाई रगतबाट छान्नको लागि हाम्रो शरीरलाई प्रशस्तै क्याल्सियमको जरुरत पर्दछ, जसको कारण शरीरमा क्याल्सियमको कमि हुन गई हाडजोर्नी तथा दाँतसम्बन्धी समस्या उत्पन्न हुन बेर लाग्दैन।

त्यसैले पहिल्यै देखि पत्थरी र हाडजोर्नीको समस्याबाट ग्रसित व्यक्तिहरूले अधिक माछाको सेवन गर्नु हानिकारक हुन जान्छ। बरु त्यसको सट्टा माछाको सूप पिउनु उचित हुने विशेषज्ञहरू सल्लाह दिन्छन्।

५. पेटको समस्या भएकाहरूका लागि

माछाको मासु खान मनपराउने अधिकांशले यहि सोँच्छन् कि यो अति स्वस्थवर्द्धक खानेकुरा हो। हुन त, माछाको मासुमा ओमेगा-३ फ्याटी एसिड पाइन्छ, जुन मुटु र मस्तिष्कको स्वास्थ्यको लागि फाइदाजनक हुने खोजबाट पत्ता लागिसकेको छ। त्यसका साथै माछामा प्रशस्तै पाइने प्रोटिन र भिटामिन-डी ले हाम्रो मांशपेसीको वृद्धि र विकासमा मद्दत गर्दछ। तथापी, यहि प्रोटिन अधिक हुँदा शरिरको लागि हानिकारक हुन सक्छ।

माछामा हामीलाई अत्यावश्यक पर्ने पौष्टिक तत्वहरूका साथसाथै हानिकारक गह्रौँ धातु पारो (Mercury) पनि पाइन्छ। जुन गर्भवती महिला र नवजात शिशुहरूको लागि एकदमै हानिकारक हुने गर्दछ।
यसै सन्दर्भमा, आज हामी तपाईँहरूलाई कस्ता व्यक्तिले माछाको मासु खानुहुँदैन भन्ने बारेमा केहि जानकारी दिन गैरहेका छौँ–

६. मोटोपना भएकाहरूका लागि

हुन त माछामा अन्य जनावरहरूमा भन्दा कमै मात्रामा बोसो पाइन्छ। तर कुनै-कुनै प्रजातिका माछा (रहु, सहर, आदि)हरूमा अधिक बोसो भेटिन्छ, जुन मोटोपना हुनेहरूको लागि त्यति उचित नहुने प्रष्टै बुझ्न सकिन्छ।

*महत्वपूर्ण नोट*

माथि उल्लेख गरिएका व्यक्तिहरूका लागि माछा हानिकारक हुन्छ। साथै अन्यले बुझ्नु आवश्यक छ कि माछाको मासु दिनदिनै र धेरै खाने कुरा होइन। यसको अधिक सेवनले जस्तोसुकै निरोगी व्यक्तिलाई पनि अस्पतालको शैय्यामा जानुपर्ने अवस्थाको सिर्जना हुन सक्दछ। साधारण प्रौढ व्यक्तिले हप्तामा १ चोटि भन्दा बढि माछा सेवन गर्नु अनुचित हुने देखिएको छ। तर यसको मात्रा शरिरको तौल र उचाइ अनुसार पनि फरक पर्दछ।

त्यसलगायत ५ वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई २ हप्तामा १ पटक मात्रै माछा खुवाउनु उचित हुन्छ। माछाको मासुमा पचाउन मिल्ने फाइबर र कार्बोहाइड्रेटको अनुपस्थिती हुने हुनाले पेटको समस्या हुनेहरूको लागि माछा हानिकारक हुन जान्छ। तैपनि हेलचेक्र्याईँ गर्दै खाएमा, पेटको क्यान्सर समेत हुने विज्ञहरू बताउँछन्।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution