ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजको शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा ।

याम्बु -तामाङ ल्होछार २८५४ औं खी/नाखी ल्हो (कुकुर बर्ष) सोनाम ल्होछार आगमनको उपलक्ष्यमा ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजको आयोजनामा यही माघ २७ गते शनिबार, नबदुर्ग पाटी प्यालेस, चाबहिलमा जातीय पहिचान झल्कने भेषभूषा, सांस्कृतिक साङ्गीतिक धमाका सहितको कार्यक्रम आयोजना हुने गइरहेको अध्यक्ष सारोज मोहन लामाले जनाकारी गराएको छ । “कार्यक्रमलाई हामी भव्य र सभ्य रुपमा सम्पन्न गर्ने तयारी गरिरहेका छौ र समग्रमा हाम्रो तायारी पूरा भएको छ” उनले भने ।
‘यो विशेष पर्वलाई हामी आफ्ना संस्कृति अनुसार मनाउने तयारी गरिरहेका छौ’ कार्यक्रमका संयोजक सुरेश कुमार पाख्रीनले भने । ल्होछार कार्यक्रमा विविध झाँकिसहितको र्याली, तामाङ मौलिक भेषभूषा, खानालगायतको प्रदर्शनी र चर्चित तामाङ कलाकारहरुको प्रस्तुति सहितको साङ्गीतिक धमाका कार्यक्रमको तयारी भएको कार्यक्रमका सांस्कृति तथा कलाकार संयोजन उपसमितिको संयोजक छेवाङ तेन्जिङ लामा र सह संयोजक राजु लामाले जानकारी दिए । तामाङ समुदायभित्र रहेर विविध क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउनु हुने र तामाङको भाषा धर्म संस्कृतिको जगेर्नाको लागि योगदान गर्ने तामाङ तथा गैह्र तामाङ व्यक्तित्वहरुलाई समेत उक्त दिन सम्मान कार्यक्रम समेत रहेको आयोजक पक्षले जानकारी गराएको छ ।
आयोजकले पुनः मिति २०७४ माघ २७ गते शनिबार नब दुर्ग पार्टी प्यालेस, चाबहिलमा १० बजे सबै दोलखाली तथा दोलखाली तामाङहरु, ईच्छुक गैह्र दोलखाली तथा तामाङ दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक निमन्त्रणा समेत गरेको छ ।