पत्रकार फूलमान वल तामाङ एक लाख नगदसहित प्रतिभा सम्मानबाट पुरस्कृत

याम्बु : पत्रकार एवं साहित्यकार फूलमान वल तामाङ प्रतिभा सम्मानबाट पुरस्कृत भएका छन्।
आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काँइलाले उनलाई प्रमाणपत्र र नगद एक लाखसहित सम्मान गरे।
नेपाल प्रतिभा प्रतिष्ठान बेलायत उनलाई सम्मान गरेको हो। प्रतिष्ठानले साहित्यकार वेणु आचार्यलाई पनि नगद २० हजारसहित सम्मान गरेको छ।